s

डेढ लाख तलबको प्रलोभन देखाई ४३ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं : डेढ लाख तलबको प्रलोभन देखाएर ४३ लाख ठगी गर्ने एक जना महिला पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाकी ३० वर्षीया मायादेवी रानालाई पक्राउ गरेको हो।

उनले दीपक राज कडेँललगायतलाई ४३ लाख ठगी गरेकी थिइन्। उनले माल्टा पठाइने भन्दै प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र डेढ लाख तलब पाउने आश्वासन दिएकी थिइन्।

स्वयम्भुबाट पक्राउ परेकी रानालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

Published on: 17 January 2024 | Annapurna Post

Link

Back to list

;