s

दर्ताविना नेपालमा मेनपावर चलाउने दुई भारतीय पक्राउ

दर्ता नै नगरी नेपालमा मेनपावर चलाउने दुई भारतीय नागरिक पक्राउ परेका छन्।

नवलपरासी रामग्राम नगरपालिका– ५ बाइपासमा विनादर्ता जेडी मेनपावर सर्भिसेज चलाउने रवीन्द्र राणे र जाबेद मसिहलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले सोमबार पक्राउ गरेको हो। दुवैजना भारतको मुम्बईका बासिन्दा हुन्।

उनीहरूले वैदेशिक रोजगारीका लागि रसिया, अस्ट्रेलिया, इटालीलगायतका देशहरूमा लैजाने भन्दै प्रचार गरेका थिए। श्रम तथा रोजगार कार्यालय बुटवलसँगको समन्वयमा उनीहरूलाई पक्राउ गरी उक्त कार्यालयको बोर्ड हटाई सिल गरिएको नवपरासीका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

दुवैमाथि थप अनुसन्धान र कारबाहीका लागि कार्यालयबाट बरामद सामानसहित प्रहरीले श्रम तथा रोजगार कार्यालय बुटवल पठाएको छ। पाँच दिनअघिदेखि मात्र सो अवैध मेनपावर सञ्चालन गरेका उनीहरूले कसैलाई ठगी गरेको भए उजुरी गर्न प्रहरीले आग्रह गरेको छ।

Published on: 3 July 2024 | Naya Patrika

Link

Back to list

;