s

दक्षिण कोरियामा २०२४ मा कामदारको तलब बढ्ने

सोल — दक्षिण कोरियाले सन् २०२४ का लागि कामदारको तलब वृद्धि गर्ने भएको छ । मंगलबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिले अहिलेको ज्यालामा २.५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ८ सय ६० वन (९ सय ८० रुपैयाँ) निर्धारण गरेको हो ।

मासिक रुपमा कामदारको न्यूनतम तलब २० लाख ६० हजार (२ लाख ५ हजार रुपैयाँ) वन प्राप्त गर्नेछन् । अतिरिक्त समय र सार्वजानिक बिदाको समयमा काम गर्नेले अतिरिक्त भत्ता पाउनेछन् । यो नियम कोरियाका सम्पूर्ण उद्योगहरूमा लागू हुनेछ ।

यससँगै कोरियाका निवर्तमान राष्ट्रपति मुन जे इनले कोरियामा कामदारको न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन बनाउने भनेर गरेको प्रतिबद्धता ४ वर्षपछि पनि पूरा नहुने भएको छ । श्रमिक र व्यवसायीका प्रतिनिधिहरूबीच आगामी वर्षका लागि न्यूनतम पारिश्रमिक कति पाउने भनेर मतभेद भएको थियो ।

कोरियामा सरकार, व्यवसायी र श्रमिकको तर्फबाट नौ–नौ जना प्रतिनिधि सम्मिलित २७ सदस्यीय न्यूनतम पारिश्रमिक निर्धारण समितिले आगामी वर्षका लागि न्यूनतम ज्याला निर्धारण गर्ने गर्छ ।

Published on: 20 July 2023 | Kantipur

Link

Back to list

;