s

दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्छः श्रम मन्त्री

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दक्ष सीप हासिल नगरि जाँदा वैदेशिक रोजगारका क्रममा दुःख पाउने क्रम बढेको भन्दै सीप भएका जनशक्तिलाई मात्र पठाउनुपर्ने बताएका हुन्।

यस्तै उनले कतारमा प्रहरी भर्नाको मागका बारेमा सरकारलाई कुनै जानकारी नभएको बताए। श्रम बजार खुल्ला गरेपछि यस क्षेत्रलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। मन्त्री कुँवरले नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको बताए।

बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले कोरोना भाइरसको समयमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटे पनि अहिले फेरि पहिलेको अवस्थामा नै आएको बताए। उनले आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार बैदेशिक रोजगारीमा गएकोमा २०७८:७९ मा त्यो संख्या बढेर छ लाख २१ हजारमा पुगेको जानकारी दिए।समिति सभापति विमल श्रीवास्तवले नेपालका श्रमिकलाई विदेश नपठाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने बताए।

Published on: 2 August 2022 | Annapurna Post

Link

Back to list

;