s

दक्षिण कोरियामा तीन नेपालीको मृत्यु

दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । सोमबार र आइतबार लमजुङ दुराडाँडाका होमबहादुर गुरुङ, म्याग्दीका थमबहादुर थापा र सोलुखुम्बुका नरेश राईको मृत्यु भएको हो । गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सुतेकै ठाउँमा मंगलबार मृत भेटिएका थिए । 
 
त्यस्तै आन्सनस्थित मासु प्याकिङ गर्ने कम्पनीमा कार्यरत म्याग्दी निवासी थापाको दुर्घटनामा मृत्यु भएको हो भने सोलुका राईले घरको छतबाट हाम्फालेर आत्महत्या गरेका हुन् । थापाको आइससरीको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा ढडेपछि किचेर ज्यान गएको थियो । ८ वर्षअघि कोरिया आएका राई मानसिक रोगका औषधि सेवन गर्दै आएका थिए । उनीहरुको शव नेपाल पठाउने तयारी भइरहेको दूतावासका श्रमसहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए ।
 
Published on: 24 May 2018 | Kantipur

Back to list

;