s

दक्षिण कोरियाले ५ सय विदेशीलाई पारिवारिक भिसा दिँदै

१६ साउन, सोल । दक्षिण कोरियाले घट्दो जनसंख्या र कामदार अभावलाई पूर्ति गर्न दक्ष विदेशी नागरिकलाई पारिवारिक भिसा प्रदान गर्ने योजना ल्याउने भएको छ ।

कोरियामा वर्षेनि जनसंख्या घटिरहेको तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योगहरुमा कामदार अभाव भएको भन्दै दक्ष विदेशी नागरिकलाई उक्त भिसा प्रदान गरिने यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।

यहाँको न्याय मन्त्रालयले स्थानीय क्षेत्र विषेशलाई लक्षित गरेर कोरियामा स्थायी बसोवास गर्न पाउनेगरी अक्टोवरदेखि एफ-२ भिसा प्रदान गर्न लागेको हो ।

त्यसकालागि यहाँका ग्रामिण क्षेत्रका उद्योगहरुमा श्रमसम्झौता गरी काम गर्नुपर्ने बताइएको छ । उक्त भिसा प्राप्तगर्ने विदेशीले स्थानिय तह अर्थात यहाँका ग्रामिण क्षेत्रका उद्योगमा कम्तिमा ५ वर्ष काम गर्नुपर्ने सर्तमा सहमत हुनुपर्ने उल्लेख छ ।

Published on: 2 August 2022 | Onlinekhabar

Link

Back to list

;