s

दैनिक मजदुरी गर्नेलाई उद्योग वाणिज्य संघ चितवनले खाद्यान्न दिने

विवेक पोख्रेल

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरूलाई उद्योग वाणिज्य संघ चितवनले खाद्यान्न वितरण गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासपछि सरकारले घोषणा गरेको लकडाउनबाट सबैभन्दा बढी प्रभावित दैनिक ज्यालादारी गरेर खानेहरू भएको भन्दै संघले खाद्यान्न वितरण गर्न लागेको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठका अनुसार जिल्लाभित्र ज्याला–मजदुरी गरी दैनिकी गुजार्ने, तर अहिलेको लकडाउनका कारण मारमा परेकाहरूलाई पहिलो चरणमा एक हप्ता पुग्ने सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रतिपरिवार पाँच केजी चामल, डेढ केजी दाल, आधा लिटर तोरीको तेल, दुई केजी प्याज, तीन केजी आलु, एक केजी चिनी र दुई केजी चिउरा वितरण गरिनेछ । उनका अनुसार खाद्यान्न वितरण भोलि शुक्रबार बिहान ८ बजेपछि संघकै कार्यालयबाट हुनेछ ।

यसअघि पनि उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकामा निर्माण भएको ७० बेडको कोरोना विशेष (अस्थायी) अस्पतालका बेडहरूमा आवश्यक सामग्री उपलब्ध गराएको थियो ।

Published on: 26 March 2020 | Nayapatrika

Link

Back to list

;