s

दैनिक ४ नेपालीले विदेशमा गुमाउँछन् ज्यान

तुलसी सुवेदी

काठमाडौं : आफ्नो देशमा रोजगारी नपाएपछि बिदेसिनु नेपाली युवाको बाध्यता नै बनेको छ। तर, वैदेशिक रोजगारीमा पनि कहाँ सुख छ र ? पछिल्लो एक वर्षमा औसत दैनिक चार जनाले विदेशी भूमिमै ज्यान गुमाएका छन्। यो श्रमस्वीकृति लिएर गएका कामदारको मात्रै तथ्यांक हो। श्रमस्वीकृति नलिई गएका, श्रमस्वीकृतिको म्याद सकिएर अलपत्र परेकाहरूको विवरण यसमा समेटिएको छैन।

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ४ सय ७९ जना नेपालीले विभिन्न देशमा ज्यान गुमाएका हुन्। २०७७/७८ मा १ हजार २ सय ४३ जनाको निधन भएको थियो। पछिल्लो वर्ष सबैभन्दा बढी मलेसियामा ४ सय ११ जना छन्। साउदी अरबमा ३ सय ८९, कतारमा २ सय ९४, यूएईमा २ सय ६, कुवेतमा ६५, बहराइनमा २३, कोरियामा १६, ओमानमा १४, जापानमा ११, रोमानियामा ९ जनाको मृत्यु भएको छ। माल्दिभ्स र चीनमा ५/५ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै तराई जिल्लाका युवाहरूले ज्यान गुमाएका छन्।

बोर्डका अनुसार गत वर्ष ७० जिल्लाका नेपालीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। बोर्डका अनुसार ६१ जनाको मृत्युको कारण थाहा हुन सकेको छैन। १९ जनाको मृत्युबारे अनुसन्धान भइरहेको जनाइएको छ। वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक पहिचान हुन नसकेको बताउँछन् श्रमविज्ञ डा. गणेश गुरुङ।

मृतकको पोस्टमार्टम नगरी स्वदेश पठाइने गरेकाले मृत्युको वास्तविक कारण खुल्न नसकेको उनको भनाइ छ। श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्न सके मात्र तथ्य पत्ता लाग्ने श्रमविज्ञ गुरुङ बताउँछन्।

गत वर्षभन्दा धेरै ४ सय ६६ जनाको बिरामी भएर मृत्यु भएको छ। २ सय ३६ जनाको प्राकृतिक मृत्यु भएको थियो। १ सय ५ सयले आत्महत्या गरे। हृदयघातबाट ९४ जनाले ज्यान गुमाए। यस्तै, सडक दुर्घटनाबाट १ सय ३५, कार्यस्थल दुर्घटनाबाट ५२, अन्य कारणले ७२, क्यान्सरबाट १७ र मृगौला रोगबाट ५ जनाको मृत्यु भएको बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार कोरोना भाइरस (कोभिड–१९) बाट वैदेशिक रोजगारीका क्रममा २ सय १३ जनाको ज्यान गयो। आप्रवासी अनुसन्धानकर्ता रामेश्वर नेपालका अनुसार स्वास्थ्यमा लापरबाही, पारिवारिक झमेला तथा दबाब, अपर्याप्त आराम, न्यून पारिश्रमिकका कारण कामदारको मृत्यु हुने गरेको छ। कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा पनि अकालमा ज्यान गइरहेको उनको भनाइ छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइका कारण पनि बर्सेनि नेपालीको ज्यान गइरहेको नेपाल बताउँछन्।

चर्को गर्मी र अत्यधिक चिसोका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको विज्ञहरू बताउँछन्। दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने अनि राति एसीमा सुत्ने गरेका कारण पनि केहीको मृत्यु हुने गरेको पाइएको छ। स्वदेशमा मेडिकल फिट भएर पनि उता विभिन्न कारणले मृत्यु हुने गरेको जानकार बताउँछन्।

कार्यस्थलमा सुरक्षित वातावरण, अन्तर्राष्ट्रिय श्रम संगठनको निर्देशिका अनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको श्रमविज्ञ डा. गुरुङ बताउँछन्। मलेसियामा सुतेकै अवस्थामा अचानक मृत्यु र कतारमा मुटुको कारण अत्यधिक कामदारको निधन हुने गरेको पाइएको छ।

श्रम स्वीकृति लिएका कामदारका परिवारले मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा बोर्डबाट आर्थिक सहायता पाउँछन्। बोर्डले मृतकका परिवारलाई ७ लाख आर्थिक सहायता दिने गरेको छ। त्यस्तै अंगभंग भएका कामदारलाई पनि बोर्डले आर्थिक सहायता दिँदै आएको छ। तर, गन्तव्य मुलुकमा अवैध रूपमा बसेर मृत्यु तथा अंगभंग भएमा आर्थिक सहायता पाउँदैनन्। श्रमिकले कार्यस्थल सुरक्षा, तनाव व्यवस्थापन, कसरी स्वस्थ रहने लगायतका विषयमा अभिमुखीकरण तालिम पाउन सकेका छैनन्। त्यस्तै गन्तव्य मुलुकको बारेमा राम्रोसँग जानकारी नहुँदा पनि श्रमिकले विदेशमा अकालमै ज्यान गुमाउने गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल वैदेशिक रोजगारीमा जाने श्रमिकको २४ घण्टे बिमा गराउन लागिपरेको बताउँछन्। ‘श्रमसम्झौता गर्दा तथा द्वपक्षीय वार्ता गर्दा २४ घण्टे बिमा गराउन लागि परेका छौं’, पोखरेल भन्छन्, ‘सबै देशमा यसो गर्न सकिएमा वासस्थान, सडक दुर्घटना पनि कभर गर्छ।’ रोजगारदाताले नै नियमित स्वास्थ्य परीक्षण गराउनुपर्नेमा लबिङ गरिरहेको पोखरेल बताउँछन्।

‘जुनसुकै मृत्यु हुँदा पनि अनसडेन भनिएको छ, पोखरेल भन्छन्, ‘वार्ताबाटै वास्तविक मृत्युको कारण खोज्ने व्यवस्था गर्न खोजिरहेका छौं।’ मलेसियाले २०२३ देखि यस्तो व्यवस्था कार्यान्वयन गर्न खोजिरहेको छ। युरोपियन मुलुकले पनि यस्तो व्यवस्था कार्यान्वयन गर्न थालेका छन्। खाडी मुलुकमा पनि २४ घण्टाको बिमा गराउन पहल गरिरहेको पोखरेलले बताए।

वैदेशिक रोजगारीका क्रममा हालसम्म १० हजार ९ सय ३२ जना कामदारले ज्यान गुमाएका छन्। बोर्डका अनुसार यो तथ्यांक २०६५/६६ देखि गत आर्थिक वर्षसम्मको हो। यो अवधिमा २ हजार १ सय २५ जना अंगभंग भई फर्किएका छन्। ५० लाख ८ सय ३३ जना श्रमस्वीकृति लिई गएका छन्। उनीहरूले ८४ खर्ब ६६ अर्ब रेमिट्यान्स पठाएका छन्। विदेशबाट कति नेपाली फर्किए भन्ने यकिन तथ्यांक सरकारले राख्न सकेको छैन। पुनः श्रमस्वीकृति लिएर जाने कामदारको संख्याबाहेक पहिलोपटक वैदेशिक रोजगारीमा जानेको संख्या ५० लाखभन्दा बढी छ। मलेसिया तथा खाडी मुलुकमा ७५ प्रतिशत कामदार जाने गरेका छन्। उनीहरूको पारि श्रमिक न्यून नहुँदा रेमिट्यान्स पनि न्यून आउने गरेको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ लाख २० हजार ९७ जना वैदेशिक रोजगारीमा गएका थिए। मृतकको पोस्टमार्टम नगरी स्वदेश पठाइने गरेकाले मृत्युको वास्तविक कारण खुल्न नसकेको उनको भनाइ छ। श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्न सके मात्र तथ्य पत्ता लाग्ने श्रमविज्ञ गुरुङ बताउँछन्।

गत वर्षभन्दा धेरै ४ सय ६६ जनाको बिरामी भएर मृत्यु भएको छ। २ सय ३६ जनाको प्राकृतिक मृत्यु भएको थियो। १ सय ५ सयले आत्महत्या गरे। हृदयघातबाट ९४ जनाले ज्यान गुमाए। यस्तै, सडक दुर्घटनाबाट १ सय ३५, कार्यस्थल दुर्घटनाबाट ५२, अन्य कारणले ७२, क्यान्सरबाट १७ र मृगौला रोगबाट ५ जनाको मृत्यु भएको बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार कोरोना भाइरस (कोभिड–१९) बाट वैदेशिक रोजगारीका क्रममा २ सय १३ जनाको ज्यान गयो। आप्रवासी अनुसन्धानकर्ता रामेश्वर नेपालका अनुसार स्वास्थ्यमा लापरबाही, पारिवारिक झमेला तथा दबाब, अपर्याप्त आराम, न्यून पारिश्रमिकका कारण कामदारको मृत्यु हुने गरेको छ। कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा पनि अकालमा ज्यान गइरहेको उनको भनाइ छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइका कारण पनि बर्सेनि नेपालीको ज्यान गइरहेको नेपाल बताउँछन्।

चर्को गर्मी र अत्यधिक चिसोका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको विज्ञहरू बताउँछन्। दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने अनि राति एसीमा सुत्ने गरेका कारण पनि केहीको मृत्यु हुने गरेको पाइएको छ। स्वदेशमा मेडिकल फिट भएर पनि उता विभिन्न कारणले मृत्यु हुने गरेको जानकार बताउँछन्।

कार्यस्थलमा सुरक्षित वातावरण, अन्तर्राष्ट्रिय श्रम संगठनको निर्देशिका अनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको श्रमविज्ञ डा. गुरुङ बताउँछन्। मलेसियामा सुतेकै अवस्थामा अचानक मृत्यु र कतारमा मुटुको कारण अत्यधिक कामदारको निधन हुने गरेको पाइएको छ।

श्रम स्वीकृति लिएका कामदारका परिवारले मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा बोर्डबाट आर्थिक सहायता पाउँछन्। बोर्डले मृतकका परिवारलाई ७ लाख आर्थिक सहायता दिने गरेको छ। त्यस्तै अंगभंग भएका कामदारलाई पनि बोर्डले आर्थिक सहायता दिँदै आएको छ। तर, गन्तव्य मुलुकमा अवैध रूपमा बसेर मृत्यु तथा अंगभंग भएमा आर्थिक सहायता पाउँदैनन्। श्रमिकले कार्यस्थल सुरक्षा, तनाव व्यवस्थापन, कसरी स्वस्थ रहने लगायतका विषयमा अभिमुखीकरण तालिम पाउन सकेका छैनन्। त्यस्तै गन्तव्य मुलुकको बारेमा राम्रोसँग जानकारी नहुँदा पनि श्रमिकले विदेशमा अकालमै ज्यान गुमाउने गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल वैदेशिक रोजगारीमा जाने श्रमिकको २४ घण्टे बिमा गराउन लागिपरेको बताउँछन्। ‘श्रमसम्झौता गर्दा तथा द्वपक्षीय वार्ता गर्दा २४ घण्टे बिमा गराउन लागि परेका छौं’, पोखरेल भन्छन्, ‘सबै देशमा यसो गर्न सकिएमा वासस्थान, सडक दुर्घटना पनि कभर गर्छ।’ रोजगारदाताले नै नियमित स्वास्थ्य परीक्षण गराउनुपर्नेमा लबिङ गरिरहेको पोखरेल बताउँछन्।

‘जुनसुकै मृत्यु हुँदा पनि अनसडेन भनिएको छ, पोखरेल भन्छन्, ‘वार्ताबाटै वास्तविक मृत्युको कारण खोज्ने व्यवस्था गर्न खोजिरहेका छौं।’ मलेसियाले २०२३ देखि यस्तो व्यवस्था कार्यान्वयन गर्न खोजिरहेको छ। युरोपियन मुलुकले पनि यस्तो व्यवस्था कार्यान्वयन गर्न थालेका छन्। खाडी मुलुकमा पनि २४ घण्टाको बिमा गराउन पहल गरिरहेको पोखरेलले बताए।

वैदेशिक रोजगारीका क्रममा हालसम्म १० हजार ९ सय ३२ जना कामदारले ज्यान गुमाएका छन्। बोर्डका अनुसार यो तथ्यांक २०६५/६६ देखि गत आर्थिक वर्षसम्मको हो। यो अवधिमा २ हजार १ सय २५ जना अंगभंग भई फर्किएका छन्। ५० लाख ८ सय ३३ जना श्रमस्वीकृति लिई गएका छन्। उनीहरूले ८४ खर्ब ६६ अर्ब रेमिट्यान्स पठाएका छन्। विदेशबाट कति नेपाली फर्किए भन्ने यकिन तथ्यांक सरकारले राख्न सकेको छैन। पुनः श्रमस्वीकृति लिएर जाने कामदारको संख्याबाहेक पहिलोपटक वैदेशिक रोजगारीमा जानेको संख्या ५० लाखभन्दा बढी छ। मलेसिया तथा खाडी मुलुकमा ७५ प्रतिशत कामदार जाने गरेका छन्। उनीहरूको पारि श्रमिक न्यून नहुँदा रेमिट्यान्स पनि न्यून आउने गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ लाख २० हजार ९७ जना वैदेशिक रोजगारीमा गएका थिए।

Published on: 19 August 2022 | Annapurna Post

Link

Back to list

;