s

डा. भट्टराईलाई इजरायलबाट नेपाली चेलीको चिठी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू,

तपाईंलाई परदेश युद्धभूमि, इजरायलबाट नमस्कार। विशेषतः अहिलेको परिस्थितिमा इजरायलबारे जान्न र बुझ्न विश्वभर छरिएर रहेका नेपालीलाई उत्सुकता हुन सक्छ। इजरायलको जनसंख्या जम्मा ९२ लाख छ, जसमध्ये यहुदीको जनसंख्या ७ लाख ८० हजार र अन्य १२ लाख २० हजार छ।

जतिबेला म इजरायल आएको थिएँ, त्यस समय नेपालमा पनि नेपाली—नेपालीबीच युद्ध चर्किरहेको थियो। त्यही युद्ध गर्ने दलबाट तपाईं पूर्वप्रधानमन्त्री हुनुहुन्छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ बहालवाला प्रधानमन्त्री हुनुहुन्छ। २०५२ सालतिरबाट नेपालको राजवंशीय शासनविरुद्ध विद्रोह भएपछि कुनै बेला तपाईंहरू भूमिगत हुनु भएको थियो। प्रचण्ड र बाबुरामको टाउकाको मूल्य ५० लाख रुपैयाँ तोकिएको थियो। त्यही युद्धको समयमा लाखौं नेपालीले नेपाल छाडेर विस्थापित भई विदेश पलायन भएको अवस्थामा, त्यसमध्ये म पनि एक हुँ।

म नेपाल छाड्ने बेला २०६२/०६३ को जनआन्दोलन चर्किरहेको थियो। त्यसमा म पनि केही समय संलग्न भएर विदेश पलायन भएको हुँ। त्यसबेला देशै छाडेर पलायन हुन बाध्य पार्ने मुख्य कारक तŒवहरूमा देशमा शासन गर्ने ज्ञानेन्द्र शाह र तपाईंहरू पनि हुनुहुन्थ्यो। तपाईंहरूका पार्टी कार्यकर्ताले गाउँगाउँमा डर, त्रास र धम्कीको ज्यादती थियो। त्यति मात्रै होइन, १७ हजार सर्वसाधारण जनताले ज्यान गुमाउनु पर्‍यो। कैयौं बालबालिका टुहुरा भए। कैयौं महिला विधवा भए। कैयौं घाइते अपांगता भएकाहरूले नर्कको जीवन जिइरहेकोहरूको द्वन्द्वकालको घाउको कथा कहिलेकाहीँ समाचारमा पढ्ने गर्छु।

पूर्वप्रधानमन्त्रीज्यू,

केका लागि थियो, तपाईं र अहिलेका प्रधानमन्त्री प्रचण्डले दसौं वर्ष लडाइँ लड्नु भएको ? उपलब्धिहरूले के निकास पायो त ? तपाईं र प्रचण्ड प्रधानमन्त्री बन्न मात्र पो हो कि ?

नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६३ वर्ष पुग्यो। यसमा एसियाको पुरानो इतिहास छ। अघिल्लो हप्ता तपाईंलगायत तपाईंका पक्षधरहरूले माइतीघर मण्डलामा प्यालेस्टाइन हमासहरूका पक्षमा नारा जुलुस गर्दै गरेका समाचार हामीले विदेशबाट पढेका/देखेका थियौं। म प्रश्न गर्न चाहन्छुः तपाईंहरू राजनीतिक पार्टीका हिसाबमा कि व्यक्तिगत स्वार्थका लागि कुन हिसाबमा हमास समूहलाई समर्थन गर्दै हुनुहुन्छ ? दुई देशबीचको सिमाना र नक्साबारे बोल्ने तपाईंहरूसँग अधिकार छैन। बरु छिमेकीले मिचेका नेपालका सिमानाहरूबारे बोल्नु होला भन्ने
म अनुरोध गर्छु।

यहाँ नेपाली १० भाइ तन्नेरीहरूलाई खसीबोका काटे झैं हत्या गरिएको छ। प्यालेस्टाइन हमास समूहलाई अलिकति पनि नेपाली युवाहरूप्रति दयामाया छैन। अनि तपाईंहरू कहिलेसम्म नेपाली युवाहरूलाई विदेशमा बिक्री गर्नुहुन्छ ? यही विदेशमा रहेका युवाहरूको रेमिट्यान्सबाट नेपालमा कर्मचारी र नेताहरू पालिएको अवस्था छ। मैले आफ्नो व्यक्तिगत स्वार्थको लागि इजरायलको सपोर्ट गरेको होइन ? देश नेपालको हितको लागि बोलिरहेको छु यहाँको युद्ध हुनुभन्दा केही दिन पहिला २३ सय कोटा इजरायलको रोजगार खुलेको नेपाली पत्रिकातिर पढेका थियांै। यति धेरै नेपालीलाई इजरायलले रोजगार दिएको छ। त्यो मात्र होइन आधुनिक तरिकाले कृषिमा नेपाली युवालाई सीपमा विकास दिएको छ। भारत र इजरायलको अहिले राम्रो डिप्लोमेटिक सम्बन्ध छ। भारतमा उत्पादन भएको बासमती चामल इजरायलले आयात गर्छ। त्यो मात्र होइन इजरायलीहरू विदेश घुम्न धेरै मन पराउँछन्। भारत भ्रमणमा प्रत्येक इजरायलीहरू जाने गर्छन्। यो पाठ किन नसिक्ने नेपालका नेताहरूले ?

पर्यटकलाई भित्र्याउन इजरायल पनि एक हो। अर्को कुरा वैदेशिक रोजगारीका लागि राम्रो आम्दानी हुने र महिलाहरूको लागि सुरक्षित गन्तव्य पनि इजरायल हो। सन् २००९ सम्म २० हजार नेपाली कामदारहरू यहाँ आएका थिए। मेनपावर कम्पनिहरूको ठगीको कारणले २०१६ सम्म नेपाली कामदारहरू इजरायल आउन ठप्प नै भयो। २०२१ मा हजारांैको संख्यामा नेपालीहरू जी टू जी मोडलबाट इजरायल आएका छन्। उनीहरू वृद्घा आश्रममा केयर गिभरको रूपमा राम्रो काम गर्दैछन्। मैले बुझेअनुसार ८० प्रतिशत जतिको नर्मल सेलरी महिनाको २ लाख बचत हुने गर्छ। २० प्रतिशत जतिको ओभरटाइम पनि हुने भएकोले २ लाख ५० हजारदेखि ३ लाखसम्म हुन्छ।

यहाँको संस्कार संयुक्त परिवारसँग बस्ने छैन। वृद्ध, वृद्धाहरू कति त नर्सिङ होममा गएर बस्ने गर्छन् धेरैजसो चाहिँ आफ्नो प्राइभेट घरमा बस्न रुचाउँछन्। त्यसैकारण उनीहरू केयर गिभरहरू झिकाउने गर्छन्। यहाँको सरकारबाट पनि ५० प्रतिशत तलब सुविधा दिइने व्यवस्था छ र मेन फोकस भनेको बिरामी वृद्धवृद्धाहरूलाई केयर गर्नेदेखि मेडिसियन र भाइटलसाइन गर्नुपर्ने भएको हुँदा इजरायलमा आउनेहरूलाई हाउस मेड भनिँदैन नर्सिङ केयर गिभर भनिन्छ। त्यसैकारण प्राइभेट होममा केयर गिभरको रूपमा काम गर्नेहरूको धेरै सुविधा हुने भएकोले बेसिक सेलरी चाहिँ सबैको एउटै छैन।

तपाईंहरू राजनीतिक पार्टीका हिसाबमा कि व्यक्तिगत स्वार्थका लागि हमास समूहलाई समर्थन गर्दै हुनुहुन्छ ? बरु नेपालका समस्याबारे बोल्नु न।

प्यालेस्टाइनलाई अलिकति पनि नेपाली युवाहरूप्रति दयामाया छैन। इजरायलले त नेपालीलाई रोजगारी दिएको छ। तपाई त्यहाँ नै युवालाई रोजगारी दिने विषयमा किन बोल्नु हुन्न ?

द्वन्द्वका समयमा तपाईंहरू भूमिगत हुनु भएको थियो। जनयुद्ध गर्नुभयो। १७ हजार सर्वसाधारणले ज्यान गुमाए। लाखौं नेपाली विस्थापित भई विदेश पलायन भए। अब पुनः के चाहनुहुन्छ ?

जागिर सकिने दिनसम्मको इजरायलमा कमाइ हुने ३ देखि ४ लाखसम्म महिनाको बचत हुन्छ। अरू खर्च खाना, बस्ने कोठा भाडा, हेल्थ इन्सुरेन्स, पानी, बत्ती, इन्टरनेट र स्वास्थ्य उपचार पनि फ्रि रहेको हुँदा इजरायलको कमाइले नेपालमा धेरै रेमिट्यान्स भित्रिएको छ। यो अवस्थामा बरु नेपाल सरकारले छिटो, छरितो र व्यवस्थित तरिकाले अरू बढी कोटा संख्या इजरायल सरकारसँग माग गर्दा राम्रो हुन्छ। खाडी देशमा हाम्रो नेपालीहरूले २० वर्ष बसेर कमाइ गर्ने त यहाँ २–४ वर्षमै कमाइ हुन्छ।

इजरायलकै हकमा नेपाल सरकारले कामदार पठाउनका लागि छिटो र छरितो सेवा दिन सकेको छैन। यसै कारणले गर्दा धेरै नेपालीहरू भारतीय डकुमेन्ट बनाएर भारतको बाटो हुँदै इजरायल प्रवेश गर्नेहरूको संख्या अनगिन्ती छ। यसले गर्दा नेपालको पैसाले दलालीहरू अझै मोटाइरहेका छन्। प्यालेसटाइन देशमा कोही नेपाली रोजगारी गर्न नगएको मेरो अनुमान छ। त्यहाँको आर्थिक र सोच विचारहरू नेपालभन्दा २०औं गुणा नाजुक छ। यहाँ कि मर्ने, कि मार्ने मात्रै छन्।

गाजामा रहेका २२ लाख जनताहरू ८० प्रतिशत विदेशी सहयोगबाट जीवन धानिएका छन्। अहिलेको अवस्था झन् दर्दनाक छ। अहिलेसम्म गाजापट्टीबाट अक्टोबर ७ को दिउँसो इजरायलको समयअनुसार इजरायलले युद्धको घोषणा गरेपछि यतातिर अलिअलि गाजापट्टीबाट रकेट बम प्रहार भइरहेले अक्टुबर–७ को दिउँसोबाट यतातर्फ नयाँ मानवीय क्षति भएको छैन। त्यसैले हाम्रो देशको लागि आर्थिक फाइदा हुने खालको काम गर्न तपाइँजस्ता पूर्वप्रधानमन्त्रीलाई आग्रह गर्छु। तपाईं आफ्नो व्यक्तिगत स्वार्थको लागि वा राजनीतिक विचारले हमास समूहको सपोर्टमा उभिनु भएको
हो ? हामी नेपालीहरू प्रश्न गर्न चाहान्छौं ? सुन्नुहोस् यहाँ इजरायलमाथि कस्तो किसिमको अमानवीय नरसंघार भयो म विस्तृतमा प्रस्तुत गर्छु।

इजरायल र प्यालेस्टाइनबीचको युद्ध अक्टुबर ७ बाट अहिलेसम्म चलिरहेको छ। अपहरण गरिएका बाँकी २ सय २४ जनाहरू अन्डरग्राउन्ड अस्पतालमा रहेकोले इजरायली आर्मी फोर्सले पत्ता लगाई इजरायली सरकार उद्धारका लागि लागिरहेको छ।

१०० वर्ष अगाडिको इतिहास मलाई थाहा नभए पनि १६÷१७ वर्षदेखिको युद्ध हुनुको मुख्य कारण र मुख्य कुन–कुन देशहरूको हात छ भन्ने केही बुझेको छु। सन् २००६ नोभेम्बर महिनाको २३ तारिख म इजरायलमा प्रवेश गरेको थिए। त्यस समयबाट नै बेलाबेलामा हामीले भोग्दै आइरहेका छौ। दुई देशको युद्ध भनेको नेपालमा प्रत्येक वर्ष पानीको झरी परे जस्तै हो। दुई देशबीचको युद्ध हुनुको मुख्य कारण सिमाना, धर्म, आर्थिक र राजनीतिक नै हो।

इजरायल र प्यालेस्टाइनबीचको युद्घ अक्टुबर ७ बाट अहिलेसम्म चलिरहेको छ। अपहरण गरिएका बाँकी २२४ जनाहरू अन्डरग्राउन्ड अस्पतालमा रहेकोले इजरायली आर्मी फोर्सले पत्ताा लगाई उद्घारका लागि लागिरहेको छ।

गाजामा रहेका २२ लाख जनताहरू ८० प्रतिशत विदेशी सहयोगबाट धानिएका छन्।

अक्टोबर– ७ तारिखको बिहान ६ः३० बजेबाट मुख्य घटना सुरु भयो। यहुदीहरूको अन्तिम दिन सुकोत पर्व र शुक्रबार र शनिबार बिदाको दिन परेको हुँदा त्यही मौका छोपेर आतंकवादी हमास समूहले इजरायलको साउथतिर र गाजापट्टीको बोर्डरमा आक्रमण गर्‍यो।

पहिलापहिला जति रकेट बम प्रहार गरे पनि इजरायलतिर खासै मानवीय क्षति हुँदैनथ्यो। यहाँ यो अचम्मको टेक्नोलोजी छ। यसको आविष्कार इजरायलले सन् २०१२ तिर नै गरेको हो। यो अक्टुबर–७ मा चाहिँ प्रत्यक्ष ३/४ हजारको संख्यामा हमास समूहको उपस्थितिमा इजरायलमाथि आक्रमण भयो।

यस्तो घटना ५० वर्ष अगाडि भएको थियो। यहाँका स्थानीयहरू यो घटनामा बाह्यशक्ति इरान, कतार, सिरिया, इजिप्ट, जोर्डन र लेबनान देशहरूको आर्थिक, नैतिक र भौतिक साथ रहेको आरोप लगाउँछन्।

सुरुको दिन इजरायलको प्रहरी प्रशासनमाथि नै कमजोर बनाई सफल भएका हमासहरूले अक्टुबर–७ मा बिहान ६ः३० बजे म्युजिक फेस्टिबलमा अन्धाधुन्ध आक्रमण गरे। एकै पटक सिमानाका गेटहरू डोजरले तोडे। आकाश र समुन्द्री मार्गबाट पनि गाजा र इजरायल सिमानाभित्रको गाउँतिर प्रवेश गरे। अन्धाधुन्ध गोली चलाए। फेस्टिबलबाट कम्तीमा २ सय ६० जनाको शव निकालिएको थियो। सिमानाको गेटमा रहेका सेना, प्रहरी र प्रहरी अफिसरहरूसहित अहिलेसम्म २ सय ६७, नेपाली १० र अन्य विदेशीहरूसहित इजरायली १४ हजार ५ जनाको हत्या भयो।

भित्रभित्रः किबुज (गाउँ) तिर पसेर युवतीहरू बलात्कार गरेर हत्या गरिएको छ। बच्चाहरूलाई घाँटी रेटेर हत्या गरिएको छ। गर्भवती महिलाको पेट चिरेर आमा र बच्चाको क्रूर तरिकाले हत्या गरिएको छ। तीन हजार जति घाइते भएका छन्। उनीहरूको क्रूरता अत्यधिक छ। तर, तपाईंहरू त्यस्तालाई साथ दिने उद्घोष गर्नुहुन्छ। त्यसैले गलत समाचारको पछि नलाग्न सबै नेपालीहरूलाई आग्रह गर्छु।

माया घले
स्थायी ठेगाना : उदयपुर गाईघाट,
हाल इजरायल

Published on: 30 October 2023 | Annapurna Post

Link

Back to list

;