s

साइप्रसमा नेपाली युवतीको डुबेर मृत्यु

साइप्रस प्रहरीले टोकरपुर ८, रामेछापकी २२ वर्षीया यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ । साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाई प्रहरीले मगरको मृत्युबारे जानकारी गराएको हो । गत अगस्ट ७ मा यमुना एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परेकी थिइन् । 

अस्पताल पुर्‍याउनेबित्तिकै उनलाई मृत घोषणा गरिएको थियो । दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र क्षतिपूर्ति दाबी गर्न वकिल नियुक्त गरिसकेकी छन् । वकिलले दूतावासको सम्पर्कमा रहेर काम अगाडि बढाइसकेको जनाइएको छ ।

Published on: 20 August 2017 | Kantipur

Back to list

;