s

साइप्रसमा नेपाली युवतीद्वारा आत्महत्या

१० महिना अघि साइप्रस पुगेकी दमक, झापाकी २८ वर्षिया निशा राईले जुलाई २० तारिख आत्महत्या गरेकी छिन् । साइप्रसको लार्नाकामा कार्यरत राईको पोष्टमार्टम रिपोर्टमा आत्महत्याको कारण मृत्यु भएको उल्लेख रहेको गैरआवासीय नेपाली संघ, साइप्रसका अध्यक्ष सुवास मल्लले वताए ।
 
उनको शबलाई नेपाल पठाउन होनारी कन्सुलेट र इजरायलस्थित नेपाली दूतावाससँग समन्वय भइरहेको मल्लले वताए । शब पठाउन लाग्ने खर्चको बिषयमा बिमा कम्पनीसँग छलफल भइरहेको छ ।
 
Published on: 26 July 2018 | Kantipur

Back to list

;