s

साइप्रस पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

साइप्रस पठाइदिने आश्वासन दिँदै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। ठगी गरेर फरार रहेकी ४३ वर्षीया महिला पुनम नेपालीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

वैदेशिक रोजगारमा पठाउनका लागि कुनै इजाजतपत्र नलिएकी पुनमले १० वर्षअघि साइप्रस पठाइदिने भन्दै एक व्यक्तिबाट साढे १० लाख रुपैयाँ लिएकी थिइन्। तर उनले रोजगारीमा नपठाई ठगी गरेर फरार भएकी थिइन्।

शान्त कुमार तामाङले दिएको जाहेरीका आधारमा पुनमविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाकाे सजाय ठहर गरेको थियो। पक्राउ परेकी उनलाई म‌गलबार फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियाे।

पीडितलाई पुनमबाट हर्जाना समेत गरी १५ लाख ७५ हजार दिलाई दिने फैसला अदालतले गरेको थियो। आज बुधबार जिल्ला अदालतको आदेशपछि कैद भुक्तानका लागि उनलाई केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ।

Published on: 1 August 2019 | Setopati

Back to list

;