s

क्रोयसियामा आकर्षक रोजगारी लगाउने भन्दै इराक पुऱ्याउने व्यक्ति पक्राउ

काठमाडौं : क्रोयसियामा आकर्षक रोजगारीमा लगाइदिन्छु भनि इराक पुऱ्याउने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका-६ घर भई हाल जिल्ला काठमाडौं-१५ स्वयम्भूमा जडिबुटी पसल सञ्चालन गर्दै आएका ५० वर्षीय देवराज तामाङ रहेका छन्।

युरोपको क्रोयसियामा आकर्षक रोजगारीमा लगाई दिने भन्दै भिजिट भिसामा दुवई हुँदै इराक पुऱ्याई बन्धक बनाई ५ महिनासम्म शारीरिक मानसिक यातना दिँदै आफ्नो नियन्त्रणमा राखिराखेको अवस्थामा एजेन्टलाई निजले भने अनुसारको रकम भुक्तानी गरी उद्धार भई नेपाल आएपश्चात मानव बेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए।

एजेन्टलाई ४ लाख ४८ हजार रुपैयाँ बुझाएर पीडित नेपाल फर्किएका थिए।

Published on: 7 July 2023 | Annapurna Post

Link

Back to list

;