s

क्रोएसिया पठाइदिने बहानामा रकम ठगी गर्ने प्रहरी फन्दामा

काठमाडौं : वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना प्रहरी फन्दामा परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको वषन्तपुर बस्ने ३५ वर्षीय विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

श्रेष्ठविरुद्ध रकम ठगी गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई मंगलबार बागबजारबाट पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने,त्यसका लागि ७ लाख रुपैयाँ लाग्ने भन्दै पीडितबाट १ लाख ४ हजार रुपैयाँ लिएर उनी फरार भएका थिए।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

Published on: 25 January 2024 | Annapurna Post

Link

Back to list

;