s

क्रोएसियामा नेपाली-नेपालीबीच चक्कु हानाहान

ददि सापकोटा

पेरिस — क्रोएसियाको साबास्कामा रहेको द मुभी पबमा नेपाली-नेपालीबीच चक्कु हानाहान हुँदा एक जना गम्भीर भएका छन् । शनिबार रातिको घटनापछि प्रहरीले केही नेपालीलाई पक्राउ गरेको छ । तर जाग्रेबबाट प्रकाशित एससेज्दर अनलाइन पत्रिकाले भने एक जना नेपालीलाई पक्राउ गरेको उल्लेख गरेको छ ।

शुक्रबार राति कामबाट छुटेका नेपालीहरूले पबमा भेला भएर रमाइलो गरिरहेका बेला एकापसमा झगडा गरेका थिए । रक्सीले मातेका नेपालीबीच विवाद बढ्दै गएपछि एक नेपालीले अर्कोलाई चक्कु हानेको जाग्रेबमा बस्दै आएका एक नेपालीले कान्तिपुरलाई बताए ।

घटनापछि तत्कालै प्रहरीले आएर घटनामा संलग्नको खोजी गरेको थियो । सुत्ने व्यवस्थासमेत रहेको उक्त पबका सञ्चालकलाई प्रहरीले गिरफ्तार गरेको थियो । पबमा सुतेका नेपालीहरू पनि पब सिल गरिदिएपछि राति कोठा खोज्दै हिँडेका थिए । जाग्रेबबाट प्रकाशित एसजेभर अनलाइनका अनुसार चक्कु प्रहारबाट घाइते भएका नेपालीलाई घटना भएको आधा घण्टापछि प्रहरीले हलवेमा फेला पारेको थियो ।

इन्डेक्स पत्रिकालाई उल्लेख गर्दै एस जेभेरले जनाएअनुसार घाइते गम्भीर अवस्थामा फेला परेका थिए । अर्का एक घाइते नेपालीलाई पेसेनिकाको सुरुङमा फेला पारेको थियो।

जाग्रेब प्रहरीले साभस्का सेस्टा रहेको उक्त पबमा घाइते भएका उक्त नेपालीलाई राति करिब १:३० बजे सिस्टर्स अफ मर्सी अस्पतालमा उपचारका क्रममा पुर्‍याएको थियो । उक्त घटनालाई प्रहरीले पुष्टि गरेको एसजाहेरले उल्लेख गरेको छ । उक्त अपराधिक घटनाको अनुसन्धान चलिरहेको जाग्रेबको प्रहरीले उल्लेख गरेको छ ।

Published on: 11 April 2023 | Kantipur

Link

Back to list

;