s

कोरोनाले २० लाख नेपालीको रोजगारी संकटमा

कोरोना महामारिका कारण संसारभर बेरोजगारी बढीरहेको छ। विकसित तथा ठूला अर्थतन्त्रमा यस्तो बेरोजगारी संख्या करोडमा आइरहेको छ। नेपालमा पनि महामारीका कारण लाखौको रोजगारी संकटमा परेको एक अध्ययनले देखाएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को अध्ययनअनुसार लकडाउनका कारण २० लाख नेपालीको रोजगारी संकटमा परेको देखाएको छ। आइएलओले १६ देखि २० लाख नेपालीले लकडाउन सुरुभएदेखि कि त जागिर गुमाएको कि काम गर्ने समयावधिक घटेर आम्दानी गुमाएको बताएको छ।

यसरी रोजगारी तथा आय संकट पर्नेमा महिला भन्दा पुरुषको संख्या धेरै छ। रोजगारीमा संलग्नता पुरुषको अनुपात धेरै भएकाले यस्तो भएको आइएलओको भनाइ रहेको छ। २० लाखमध्ये १३ लाख पुरुषको रोजगारी संकटमा पर्ने अनुमान संगठनले गरेको छ।

होलसेल र रिटेल,विकास निर्माण,यातायात,ढुवानी जस्ता क्षेत्रमा काम गर्नेको रोजगारी प्रभावित भएको छ। कूल ५ लाख ७३ हजार रोजगार भएको पर्यटन क्षेत्रका श्रमिकहरु धेरे प्रभावित भएका छन्।

नेपालमा अधिकांस रोजगारी अनौपचारिक भएको र त्यही क्षेत्रका श्रमिक कर्मचारि लकडाउनका कारण धेरै प्रभावित भएका आइएलओले अनुमान गरेको छ। आइएलओका अनुसार नेपालमा ५७ लाखले तोकिएका न्यूनतम सुविका विना काम गर्छन्। यसरी सबैभन्दा धेरै निर्माण क्षेत्रमा ९७ प्रतिशत, उत्पादनमा ८४, व्यापारमा ७४ प्रतिशत सहभागी छन्।

त्यस्तै घरबाटै काम गर्ने महिलाहरुको आम्दानी ठप्प भएको छ। यसरी काम गर्ने महिलाहरु नेपालमा १४ लाख बढी भएको आइएलओले जानकारी दिएको छ।

लकडाउनका कारण विदेशमा गएका नेपालीहरु फर्किन नपाउकाले बेरोजगारी धेरै ठूलो समस्याको रुपमा नदेखिएपनि खास समस्या अब देखिने आइएलओले चेतावनी दिएको छ। विश्भवर ३५ लाख बढी नेपाली कार्यरत भएको र उनीहरुको रोजगारी पनि संकटमा परेकाले नेपाल फर्किनेवित्तिकै बेरोजगारी भयाबह हुनसक्ने उसको अनुमान छ।

Published on: 22 May 2020 | Setopati

Link

Back to list

;