s

कोरोनाले रोजगारी गुमाएका युवा गाउँ विकासमा जुटे

गीता कुवँर

अछाम : मेल्लेख गाउँपालिकाले विकास निमार्ण कार्यमा युवालाई परिचालन गरेको छ । पालिकाभित्र हुने विकास निमार्णका कार्यमा युवालाई सहभागिता गराई रोजगार सिर्जना गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाएको हो। 

पत्रकार सम्मेलनको आयोजना गरी मेल्लेखले दिगो विकास र रोजगार युवाको सरोकार भन्ने नाराका साथ विकास निमार्णमा युवा दस्तालाई परिचालन गरेको पालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताए ।

सुरुवाति चरणमा पालिकाको विभिन्न वडामा विद्युत विस्तारका लागि ५० जना युवा परिचालन गरिएको बोहराले बताए । उनले भने,'कोरोनाका कारण रोजगार गुमाएर गाउँ फर्केकाको डाटा राखेका छौं,त्यहिअनुरुप रोजगारतर्फ सहभागि गराउने कार्य योजना छ, पहिलो प्राथमिकता रोजगार गुमाएर गाउँ फर्केकालाई छ ।'

आफ्नो पालिका भित्रका युवालाई रोजगारका लागि बाहिर जाने वातावरणको अन्त्य गर्ने उनले बताए । पालिकामा युवा स्वरोजगार कार्यक्रमका लागि चार करोड २२ लाख ९१ हजार ३ सय बजेट रहेको  र ९ सय ५३ जनालाई व्यवसायमा जोडेर रोजगार तथा आत्मनिर्भर बनाउने कार्ययोजना पालिकाले बनाएको छ । पालिका भित्रका ८ सय ३५ जनाले बेरोजगार फारम भरेका छन् ।

गाउँपालिकाकाले श्रम तथा उत्पादन मुलक रोजगारमा ८२ घरपरिवारलाई भैसीपालन,१ सय २८ घरपरिवारलाई बाख्रापालन तथा फार्म,११ घरपरिवारलाई कुखुरा पालनमा लगायतका व्यवसायमा सलग्न गराएको छ । कार्यक्रममा पालिकाका उपाध्यक्ष धनबहादुर शाहीले विकास निमार्णसगै सामाजिक अभियानका कार्यक्रम सञ्चालन रहेको बताए । उनले बिषेश गरी बालबिवाह न्युनिकरण र छाउपडि कुप्रथा अन्त्यका लागी निकै चुनौती रहेको भन्दै अब ठोस कार्य योजना बनाएर आगाडी बढ्ने बताए ।

Published on: 22 February 2021 | Annapurna Post

Link

Back to list

;