s

कोरोनाका कारण वैदेशिक रोजगारीमा जान नपाएका मागपत्रको समय थप

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुुस २३ गते । वैदेशिक रोजगारीका लागि मागपत्र आएर पनि कोरोनाका कारण जान नपाएका ३० हजारभन्दा बढी मागपत्रको पुुनः छ महिना समय थप गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुुमार श्रेष्ठले रोजगारदाता देशबाट दुुई वर्ष (२०७६ फागुन)अघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि छ महिनाको समय थप गर्नुभएको हो । वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार छ महिना समय थप गरिएको मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरस महामारीअघि प्राप्त भएका माग पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना श्रमिक पठाउन पाउनेगरी समय थप गरिएको श्रममन्त्री श्रेष्ठले जानकारी दिनुुभयो । यी मागपत्रमा समय थप गरिएसँगै ३० हजार नेपाली युवाले विदेशमा रोजगारी प्राप्त गर्ने उहाँको भनाइ छ ।

मन्त्रालयका अनुसार समय थप गरिएका मागपत्र खाडीका कतार, साउदी अरब, संयुुक्त अरब इमिरेट्स (यूएई) कुवेत, मलेसियालगायतका देशका माग रहेका छन् ।

Published on: 7 January 2022 | Gorkhapatra

Link

Back to list

;