s

कोरोनाबाट साउदीमा ७ नेपालीको मृत्यु, १ हजार ३ सय बढी संक्रमित

विष्णु घिमिरे

साउदी : कोरोना भाइरस (कोभिड १९) को असर केही दिन यता साउदी अरेवियामा झन् बढ्दो रूपमा देखिएको छ ।

बिहीबारसम्म १३६४ नेपाली संक्रमित भएका छन् भने ७ जना को मृत्यु भएको छ, साथै  उल्लेखनीय मात्रमा निको भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको  छ ।

कोरोना भाइरसको बढ्दो  संक्रमण र  साउदी सरकारले  लगाएको  कर्फ्यु र अन्य  नियमलाई मध्यनजर गदै नेपाली  दुतावासले साउदीमा रहेका  बिभिन्न क्रियाशील  संघ संस्थाको सहकार्यमा खाधान्य र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ ।

साउदी सरकारले कोरोना भाइरसको परीक्षण तेस्रो चरणमा सुरू गर्ने जानकारी गरेको छ जसमा विभिन्न अतिरिक्त केन्द्रहरू, सवारी साधनभित्रै टेस्ट गर्ने र एपबाट टेस्टका लागि बुकिंग गर्ने प्रणाली आदि रहेका छन् भने यो भन्दा पहिला हस्पिटल परिक्षण र फिल्ड टेस्ट रहेको थियो ।

कार्यरत कामदारले आफ्नो  मुलक फर्कन चाहेमा विशेष अनलाईन पोर्टल ९अवदा ० मार्फत आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ । यस्तै मार्केट गर्न जाँदा सामाजिक दूरी कायम नगर्दा , भिडभाड गर्दा सरकारले  जारी गरेका नियमहरूको उलंघन गर्दा आप्रबासी कामदारलार्इ जरिमाना, जेल  सहित देश निकालासम्म गरिने भएको छ । हालसम्म साउदीमा कोरोना भाइरसको संक्रमणबाट ६५०७७ जना संक्रमित भएका छन् भने ३६०४० जना रिकभर हुनुको साथै ३५१ जनाको मृत्यु भएको छ।

Published on: 21 May 2020 | Annapurna Post

Link

Back to list

;