s

कोरोना कहरले विदेशमा अलपत्र ५११ नेपालीको उद्दार

काठमाडौं : विदेशमा रहेका पाँच सय ११ जना नेपालीको उद्दार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबार सम्म विदेशमा अलपत्र परेका पाँच सय भन्दा बढी नेपालीको उद्दार भएको जनाएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार  बिहीबार मात्र कुवेत सरकारको सहयोगमा  दुई सय ९९ जना नेपाली स्वदेश फर्किएका छन्।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फर्किन शिविरमा दुई हजार नौ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ। गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको छ। 

कोरोना भाइरस (कोभिड १९) बाट वैदेशिक रोजगारीमा रहेका नेपाली रोजगारी गुमाएर स्वदेश फर्कन बाध्य छन्। दुई लाख १८ हजारले रोजगारी गुमाइसकेका छन् तर सरकारले पहिलो चरणमा २५ हजार नेपलीलाई मात्र स्वदेश फर्काउने तयारी गरेको छ।

संघका अनुसार म्यानमारबाट २६, यूएईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७  जना,  कुवेतबाट २९९  जना गरेर पछिल्लो समय ५ सय ११ जना फर्र्किएका छन्। 

कोरोना भाइरसको संक्रमणपछि विदेशमा रहेका महिला, बालबालिका लगायत निकै कष्टकर जीवन बिताइरहेकाको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले एनसीसी, कुवेत र युएईलाई ६ हजार डलर सहयोग गरेको थियो।

कोभिड–१९ को प्रभावका कारण मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली  उद्दारको पर्खाइमा छन्। 

Published on: 11 June 2020 | Annapurna Post

Link

Back to list

;