s

कोरोना संक्रमणको कारण देखाउँदै दूतावासले वुहानबाट शव नपठाउँदा दुई महिनादेखि परिवार विक्षिप्त छ

ओमानमा रहेको नेपाली राजदूतावासले कामदार मागपत्र प्रमाणीकरण काम स्थगन गरेको छ ।
दूतावासले आज (आईतबार) एक सूचना जारी गर्दै अर्को सूचना नआए सम्मको लागि कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण कार्यहरु स्थगन गरेको जानकारी गराएको हो ।
नेपाल सरकारल, नोभल कोरोना रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले श्रम स्विकृति स्थगन गर्ने निर्णय पछि दूतावासले पनि मागपत्र प्रमाणीकरणको काम स्थगन गर्ने निर्णय गरेको दूतावासको सूचनामा उल्लेख छ ।
दूतावासले आजै अर्को सूचना जारी गर्दै यहाँ अहिलेको अवस्थामा कोरोनाको कारण आत्तिहाल्ने अवस्था नभए पनि ओमानमा रहेका नेपालीहरुमा आफ्नो स्वास्थ्यप्रति भने सचेत र सहज हुन अनुरोध गरेको छ ।
साथै, केही दिनअघि मात्रै नेपाली दूतावास कतार, बहराइन र साउदी दूतावासले मागपत्र प्रमाणीकरणको काम स्थगन गरिसकेका छन् ।

Published on: 15 March 2020 | Gorkhapatra

Link

Back to list

;