s

कन्सल्टेन्सीमा छापा

वैदेशिक रोजगार विभागले परामर्शदाताका नाममा वैदेशिक रोजगारीमा पठाउने सिनामंगलस्थित एलाइन्स इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीमा सोमबार छामा मारेको छ। सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा रोजगारीका लागि विज्ञापन गरेको सूचनाका आधारमा विभागले छापा मारेको हो।

विभागको आकस्मिक टोलीले गौशाला प्रहरीको सहयोगमा कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले जानकारी दिए। अनुगमनका क्रममा कन्सल्टेन्सीबाट साइप्रसमा वैदेशिक रोजगारमा जान आवेदन दिएका व्यक्तिको आवेदन फाइल तथा व्यक्तिको राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिको विवरणसमेत अनुगमन टोलीले फेला पारेको महानिर्देशक भुसालले जानकारी दिए।

टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगारसम्बन्धी कागजात र कम्प्युटर जफत गरेको छ। विभागले सञ्चालक सुजितकुमार श्रेष्ठलाई वयानका लागि विभागमा उपस्थित हुन पत्र थमाएको छ। शैक्षिक परामर्शदाताका रूपमा दर्ता भएर विभिन व्यक्तिसँग मोटो रकम लिइ नियमविपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाउने गरेको उजुरी परेकोे विभागले जनाएको छ। विभागले शिक्षा मन्त्रालयसँग समन्वय गरी कन्सलटेन्सीमा अनुगमनको कार्यलाई तीव्रता दिने नीति लिएको छ।

Published on: 15 August 2019 | Annapurna Post

Back to list

;