s

कांग्रेस ट्रेड युनियन अध्यक्षमा दाहाल विजयी

विनोद त्रिपाठी

दाहाल देउवा निकट

कांग्रेसको भातृ संगठन ट्रेड युनियन कांग्रेस-स्वतन्त्रको अध्यक्षमा खिलाराज दाहाल बिजयी भएका छन् । बुधबार भएको मत गणना परिणाम अनुसार दाहालले प्रतिद्धन्द्धी पुष्कर आचार्यलाई ६२ मतले हराएका हुन् । चितवनमा सम्पन्न पांचौं महाधिशनले २३ वर्षपछि ट्रेड युनियनमा नेतृत्व परिवर्तन गरेको छ ।

दाहाललाई बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले र आचार्यलाई सभापति सुशील कोइराला पक्षले समर्थन गरेका थिए । दाहालले ७ सय ८६ र आचार्यले ७ सय २४ मत पाएका छन् । मतगणना सकिएपनि औपचारिक रुपमा घोषणा गर्न बांकी रहेको निर्बाचन समिति संयोजक योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए । बरिष्ठ उपाध्यक्षमा कोइराला पक्षका रामजी कुँवर र महासचिबमा कोइराला पक्षकै महेन्द्रप्रसाद यादब बिजयी भए । ३७ सदस्य कार्यसमितिमा भएको प्रतिस्पर्धामा देउवा पक्षले अध्यक्ष सहित ३० पदमा र कोइराला पक्षले ७ पदमा बिजयी हांसिल गरेका छन् । कुल १ हजार ६ सय ११ मत मध्ये १ हजार ५ सय ६१ मत खसेको थियो ।

मंगलबारको मतदानमा धेरैजसो कोइराला पक्षधर खुलेरै दाहालको पक्षमा लागेका थिए । बिजयीपछि ईकान्तिपुरसंग संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष दाहालले निर्बाचनमा हारजित जोसुकैको भएपनि ट्रेड युनियन सबैको साझा चौतारी भएको बताए । चितवनको रत्ननगरमा भएको महाधिबेशनस्थलमा देउवा पक्षधर नेता कार्यकर्ताको ठुलो भीड छ । कोइराला पक्षका अधिकांश बिहानै घरतर्फ फर्केका थिए ।

 Published on: 29 August 2013 | Kantipur

Back to list

;