s

कम्पनीले भिसा नविकरण नगरेपछि ४० नेपाली कामदार अवैधानिक

कम्पनीले भिसा नविकरण नगरेपछि ४० नेपाली कामदार अवैधानिक भएका छन । मलेसियाको रेलेंगर राज्यस्थित चेरास बालांकुङमा रहेको कामी सेक्युरिटी सर्भिसमा कार्यरत नेपालीको भिसा नविकरण नगरिएपछि ४० भन्दा बढी अवैध भएका हुन । पहिलो वर्षको भिसा सकिएपछि कम्पनीले नविकरण नगरेको पीडितको गुनासो रहेको छ ।
 
सेक्युरिटीमा कार्यरत नेपालीले भिसा नपाएपछि बजार जान समेत डर भएको बताएको समाचार अन्नपूर्ण पोष्टले छापेको छ । ‘प्रहरीले समात्छ, अबैधानिक बनिसकिएछ, बजार जान समेत डर लाग्छ’ नाम नबताउने शर्तमा एक पीडितले भने । 
 
Published on: 17 February 2016 | Annapurna Post

Back to list

;