s

कम्पनीले काम नदिएपछि कतारमा १३ जना युवा अलपत्र, उद्धारका लागि आग्रह

सिर्जना बस्नेत

कतारमा अलपत्र परेका १३ जना युवाले छिटो उद्धार गर्न आग्रह गरेका छन् । अलपत्र पर्नेमा रामेछापका केशर रैका मगर, तनहुँका शेखर थापामगर, झापाका निर्मल काफ्ले, अर्घाखाँचीका राजन खड्का, सुर्खेतका रत्नबहादुर खड्का छन् । 

त्यस्तै पर्वतका खेमबहादुर सुनुवार, तनहुँका ऋखिश्वर सिंजाली मगर, सर्लाहीका गणेश बम्जन, सिन्धुपाल्चोकका नवराज भण्डारी, कास्कीका एकराज गौतम, तनहुँका माधव पोखरेल, स्याङ्जाका बिमल राना र सुनसरीका गोपालप्रसाद दाहाल कतारमा अलपत्र परेका हुन् । 
 
कुक र वेटरको काममा गएका उनीहरु अलपत्र परेका हुन् । जनवरीको पहिलो हप्ता कतार प्याराडाइज इन्टरनेशनल म्यानपावरबाट कतार गएका युवालाई काम नदिई लेवर क्याम्पमा राखिएको छ । 
 
सुनसरीका गोपाल भने ड्राइभर भिसामा पाँच महिनाअघि त्यहाँ पुग्नुभएको हो । उहाँ बुवाको किरिया गर्न पनि आउन पाउनु भएको छैन । गोपालका बुवाको १२ दिन अघि निधन भएको थियो । 
 
कम्पनीले नेपाल फर्काउन करारपत्र रद्द गरिएको कागजमा हस्ताक्षर गराएको छ । त्यस्तै म्यानपावरबाट हवाई टिकट मगाएर नेपाल फर्कनु भनेको पीडितहरुले बताएका छन् । उनीहरुलाई खाना समेत समस्या भएको छ । म्यानपावर कम्पनीमा फोन गर्दा काम मिलाई दिने भनिएपनि पीडितहरुले काम पाएका छैनन् । 
 
Published on: 6 February 2018 | Ujyaaloonline

Back to list

;