s

कम्बोडिया पठाइदिने बहानामा ७ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका ९ का ३१ वर्षीय राजु श्रेष्ठ हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले ७ लाख रकम लिइ फरार रहेको उजुरी परेपछि खोजतलास गर्ने क्रममा श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरेको जानकारी दिए।

उनका अनुसार श्रेष्ठले पीडित बिजु कार्कीलाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने बहानामा ७ लाख रुपैयाँ लिएर फरार भएका थिए।

श्रेष्ठले पीडित कार्कीलाई कम्बोडिया पुगेपछि आरएफसी सेक्‍युरिटी गार्डमा काम लगाइदिने र मासिक १ लाख बढि तलब दिने भन्दै ७ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

Published on: 3 May 2023 | Annapurna Post

Link

Back to list

;