s

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको हो।
 
बस्नेतले कम्बोडियामा क्यासिनोको सेक्युरिटी गार्डमा जागिर लगाइदिने र मासिक १ लाख रुपैयाँसम्म तलब हुने भन्दै १ लाख रुपैयाँदेखि ३ लाखसम्म लिएको देखिएको छ।
 
बस्नेतले १९ जनाबाट ८८ लाख ३९ हजारसम्म ठगी गरेको देखिएको छ। उनले काठमाडौंबाट बैंकक हुँदै कम्बोडियासम्म पुर्‍याइ अलपत्र पारी ठगी गरेको उजुरी महाशाखामा परेको हो।
 
Published on: 1 August 2018 | Setopati

Back to list

;