s

सीआईवीद्वारा खड्गी पक्राउ

चलचित्र द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई मानव तस्करीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले विहीबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ ।
 
खड्गीमाथि गैरकानुनी तरिकाले युवाहरुलाई वैदेशिक रोजगारको लागि आकर्षक गन्तव्य मानिने दक्षिण कोरिया पठाएको आरोपमा सीआईवीले पक्राउ गरेको हो । केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रममा भाग लिन खड्गीसहितको जम्बो टोली दक्षिण कारिया गएको थियो । तर, खड्गी र अर्को एक जना मात्रै नेपाल फर्केको र बाँकी ११ जना उतै बसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा भेटिएको प्रहरीको भनाइ छ ।
 
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले खड्गीलाई काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनका लागि म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिए । खड्गीले प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुलेर दक्षिण कोरियामा मान्छे लगेको सूचना प्रहरीले प्राप्त गरेको थियो । दक्षिण कोरियामा जान धेरै बेरोजगार युवाहरु लालायित हुने गरेका छन् । नेपालबाट कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत सरकारले नै कामदार पठाउने गर्दछ । कोरियामा कामदारको न्यूनतम कमाई मासिक डेढ लाख रुपैयाँको हाराहारीमा हुने गर्दछ ।
 
Published on: 9 February 2018 | Madhyanha

Back to list

;