s

चाउचाउ उद्योगका मजदुरमा काेराेना पुष्टि भएपछि बाँसगढी नगरपालिका सिल

मुकुन्द सुवेदी

बर्दिया, भदौ २१ गते । बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ मा रहेको चौधरी ग्रुपद्वारा सञ्चालित चाउचाउ उद्योगमा कार्यरत ४२ जना मजदुर तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँसगढी नगरपालिकाको पुरै क्षेत्र सिल गरिएको छ ।

चाउचाउ उद्योगमा कार्यरत सङ्क्रमण पुष्टि भएका ४२ जनामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र चार जना बर्दिया जिल्लाबाहिर ठेगाना रहेकाहरू छन् ।

चाउचाउ उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ २८ गतेसम्मका लागि बाँसगढी नगरपालिका क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायण ढकालका अनुसार भदौ २२ गते बिहान ६ बजेदेखि भदौ २८ गते राति १२ः०० बजेसम्मका लागि पूर्णरुपमा नगरपालिकाको चारैकिल्ला तोकेर सिल गरिएको छ ।

नगरपालिकाको पूरै क्षेत्र सिल गरिए पनि पूर्वपश्चिम राजमार्ग भएर अन्य जिल्ला आउजाउ गर्ने सवारी साधन भने चल्ने सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

Published on: 7 September 2020 | Gorkhapatra

Link

Back to list

;