s

चीनको ताक्लाकोटमा रहेका हुम्लावासीद्वारा उद्वारका लागि आग्रह

राजन रावत

सिमकोट फागुन २७ गते । कामको शिलशिलामा चीनको ताक्लाकोटमा रहदै आउनु भएको हुम्लावासी व्यापारी तथा कामदारहरुले नेपालका सबै तहका सरकारसँग आफ्नो नेपालमा उद्धारका लागि आग्रह गर्नु भएको छ ।

चीनबाट सुरुवात भएको बिश्वलाई सन्त्रासमा फैलाई रहेको कोभिड कोरोना भाइसरको सम्भावित सर्न सक्ने जोखिमको डरले ताक्लाकोटमा रहनु भएका हुम्लाका कामदार तथा व्यावसायीहरुले उद्धारको लागि पहल गर्न आग्रह गर्नु भएको हो ।

ब्यापारको शिलशिलामा गत पुसमा ताक्लाकोट जानु भएका नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँका ठोकेल लामाले ब्यापार सकिएको काम नभएकोले नेपाल आउने बाताबरण तयार गरि दिन नेपाल सरकारका सबै तहलाई आग्रह गर्नु भएको छ ।

हालसम्म ताक्लाकोटमा रहनु भएका नेपालीहरु क्सैलाइै केही नभएको भएपनि सन्त्रासकाबिच बस्नु पर्दा निक्कै असजिलो भएकोले आफुहरु नेपाल आउनु आग्रह गरेको बताउनु भयो । उहाँहरुले हुम्ला जिल्लाबाट गाउँपालिका, प्रदेश र संघीय सैसदमा प्रबेश गर्ने मन्त्री तथा सासदहरु र गाउँपालिकाका अध्यक्षहरुलाई आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको बताउनु भयो ।

ताक्लाकोटको स्थानीय सरकारले आफ्ना नागरिकहरु भन्दा पनि नेपालीहरुलाई उच्च महत्व, सुरक्षा र निगरानीमा राख्दै आएको उहाँले बताउनु भयो । तर पनि उकुश मुकुशको अबस्थामा बस्नु परि रहेको ताक्लाकोटमा रहनु भएका केही नेपालीहरुले गुनासो गर्नु भएको छ ।

ताक्लाकोटमा रहनु भएका २३ जना नेपालीले नेपाल उद्धारका लागि पहल गरि दिन जिल्ला प्रशासन कार्यालय हुम्लालाई लिखित निबेदन समेत पठाउनु भएको छ । उहाँले अब प्रदेश सरकार र संघिय सरकारले आफ्नो उद्धारका लागि पहल गर्न समेत आग्रह गर्नु भएको छ । ताक्लाकोटबाट नेपालीहरुलाइ अन्यत्र कतै पनि जान दिईएको छैन् ।

हाल ताक्लाकोटमा १४८ जना नेपालीहरु रहेकोमा एक जना दार्चुला र एक जना बझाङका र बाँकी १४६ जना सबै हुम्लाबासी रहनु भएको छ । अहिलेसम्म ताक्लाकोटमा कोरोना संक्रमणबाट कुनै पनि ब्यक्ति पिडित नभएको कारण कुनै समस्या नभएकोले आफु उतै बस्ने कैलाश ब्यापार संघका उपाध्यक्ष लामु लामाले बताउनु भयो । नेपाली डराउनु स्वभाबिकै हो, तर यहाँको सरकारले सबै कुरा राम्रो ब्यबस्था गरेकोले आत्तिनु पर्ने अबस्था नरहेको उहाँले बताउनु भयो ।

यसअघि ताक्लाकोट कै डिपार्टमेण्टमा काम गर्दै आउनु भएका सिमकोट गाउँपालिका वडा नम्बर ३ को लिमाटाङका स्थानीय कोरोना कै डरले ताक्लाकोटबाट हिल्सा भएर नारा लेखको हिउ छिचोलेर हुम्ला आउनु भएको थियो । उहाँको खुट्टा हिउ खाएको छ । हाल उहाँको काठमाडोंमा उपचार भै रहेको छ ।

Published on: 11 March 2020 | Gorkhapatra

Link

Back to list

;