s

चीनबाट नेपालीलाई फिर्ता ल्याउन कम्तिमा दुई दिन लाग्ने

काठमाडौं,माघ २० गते । चीनको हुवइ प्रान्तमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन कम्त्तिमा पनि बुधबारसम्म लाग्ने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले सम्र्पूण तयारी पूरा गरेपनि छिटै ल्याउँदा बुधबारसम्म ल्याउन सकिने जानकारी दिनुभयो ।

ती विद्यार्थीहरुलाइ नेपाल ल्याएर राख्ने क्वारेनटाइनको व्यवस्था अझै नभएको भन्दै उहाँले कुन स्थानमा राख्दा उपयुक्त हुन्छ भनेर ठाँउको खोजी भइरहेको जानकारी दिनुभयो । उहाँले चीनको हुवइमा ६२ जना मात्र विद्यार्थी रहेको भन्दै अन्य विद्यार्थी अझै टाढा रहेको बताउनुभयो ।

हामीले यहाँ उनीहरुलाई क्वारेनटाइनमा राख्नुपर्ने हुन्छ,प्रवक्ता श्रेष्ठले भन्नुभयो,सम्र्पूण सेवा सुविधा उपलब्ध भएको स्थानको खोजीमैछौ । उहाँले चार टोली बनाएर स्थानको खोजी भइरहेको उल्लेख गर्दै मंगलबार बेलुकीसम्म स्थान टुंग्याइसक्ने बताउनुभयो । चीनबाट आएका स्वस्थ व्यक्तिलाई क्वारेनटाइनमा राख्ने र कोरोना भाइरसको लक्षण देखिएकाहरुलाई सिधै अस्पताल ल्याउने तयारी गरीरहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक तालिम केन्द्र, भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्र, आर्मी ब्यारेक, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हल, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको आवास, स्टाफ कलेज जाउलाखेल लगायतका स्थानमा चीनबाट आएका बिरामीहरु राख्नलाई ठाउँ खोजीरहेको छ । यसअघि हुबइमा रहेका १८० जना विद्यार्थीहरुले नेपाल आउन आवेदन दिइसकेका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले हालसम्म १४ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएको छ । मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले १४जनामध्ये एकजनालाई मात्र कोरोना भाइरस देखिएको जानकारी दिनुभयो । उहाँले १० जनामा संक्रमण नभएको जानकारी दिदै बाँकी तीनजनाको रिपोर्ट मंगलबारमात्र आउने बताउनुभयो ।

Published on: 4 Fenruary 2020 | Gorkhapatra

Link

Back to list

;