s

छ हजार २४४ नेपाली भित्रिए ५२४ भारतीय बाहिरिए

चाँदनी आचार्य

लम्की जेठ २४ गते । कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई भारतमा अलपत्र परेका नेपाली नागरिक जेठको शुरुवातदेखि दैनिक नेपाल भित्रिरहेकाछन् । शनिबार पनि छहजारभन्दा बढी नेपाली सुदूरपश्चिमका दुई नाकाबाट नेपाल भित्रिएका छन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट छ हजार ४९९ जना नेपाली नागरिक शनिबार नेपाल भित्रिएका हुन् । त्यसैगरी उक्त नाकाबाट ५२४ भारतीय नागरिक समेत नेपालबाट बाहिरिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार शनिबार कञ्चनपुरको गड्डा चौकी नाकाबाट ९०६ नेपाली भित्रिएका थिए भने १९९ भारतीय नागरिक बाहिरीएका थिए । उक्त नाकाबाट प्रबेश गर्नेको संख्या घटे पनि कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको संख्या शुक्रबारको तुलनामा बढेको छ । उक्त नाका बाट सनिबार पाँचहजार ५९३ नेपाली नागरिक भित्रिएका छन भने ३२५ भारतीय नागरिक बाहिरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।

यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठको शुरु देखि खुल्ला भएका नाकाबाट भित्रिने नेपालीको संख्या करिब ९० हजार पुगेकोछ भने बाहिरीनेको संख्या बाह्र हजार बढी पुगेको छ

Published on: 6 June 2020 | Gorkhapatra

Link

Back to list

;