s

छ सयभन्दा बढीको तिस करोड ठगी, दुई जना पक्राउ

लन्डन — तनहुँ दमौलीकी १९ वर्षीया आशिका कार्की बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा 'हेल्थ एण्ड सोसल केयर' पढ्न १४ जनवरीमा लन्डन उत्रिइन् । विज्ञान विषयमा १२ पास गरेपछि उनलाई बेलायत आउने रहर जाग्यो ।

घरकी कान्छी छोरी । परिवारलाई केही गर्नुपर्ने जिम्मेवारी पनि भएकाले विकसित देशमा केही गर्न सकिएला भन्ने मनोबलसहित उनी यहाँ आएकी छन् ।

अढाइ वर्षको ब्याचलर्स पढ्न आशिकाले पहिलो वर्षको १६ हजार ८०० पाउण्ड फीमध्ये आधा ८ हजार पाउण्ड (करिब १३ लाख ६० हजार रुपैयाँ) तिरिसकिन् । ५ हजार विश्वविद्यालयले छात्रवृत्ति दिएको छ । बाँकी ६ महिनाभित्र तिर्नुपर्छ ।

'काम खोज्दैछु । पाउन धेरै गा‍र्‍हो रहेछ', उनले दुःखेसो पोखिन्, 'अकोमोडेसन जसोतसो पाएँ । तर जागिर नहुँदा खर्च कसरी जुटाउने चिन्तित छु ।'

बेलायतको अवस्था गार्‍हो छ भन्ने थाहा हुँदाहुँदै पनि आँटेर एजुकेशन लोनमा पढ्न आएको उनले सुनाइन् ।

'नेपालमा मेडिकल फिल्डको पढाइ छ तर केयरको नभएर आएकी हुँ' उनी कारण खोल्छिन् ।

बुटबलका इन्द्रदेव चौधरी बकिंगमसायर न्यू युनिभर्सिटी अक्सब्रीजमा एमएस्सी इन हस्पिटालिटी पढ्न लन्डन आएको महिना दिन भयो । १२ हजार ४ सय पाउण्ड (करिब २१ लाख रुपैयाँ) फी मध्ये उनले ८ हजार ७ सय तिरिसके, अब ३ हजार ७ सय पाउण्ड बाँकी छ ।

उनले कोठा जेनतेन पाएका छन् तर जागिर पाउने छाँटकाँट छैन । 'बेलायतको कष्टपूर्ण अवस्था थाहा थियो, तर सुधार हुन्छ कि भनेर आयौं', उनले सुनाए, 'नेपालको परिस्थिति झन् राम्रो छैन । संघर्ष त गर्छु हेरौं केही सुधार हुन्छ कि ।'

उता, अनुज चौधरी जनवरी १७ मा लन्डन टेके । योर्क सेन्टजोन युनीमा एमएस्सी ग्लोबल हेल्थ केयर म्यानेजमेन्ट पढ्न आएका उनले ९ हजार ७८५ पाउण्डमध्ये ६ हजार १६० पाउण्ड (करिब १० लाख रुपैयाँ) तिरिसके । अब ३ हजार ६२५ पाउण्ड फी बुझाउन बाँकी छ ।

नोबेल कलेज काठमाडौं, सिनामंगलमा मेडिकल बायोकेमेष्ट्री सकेर उनीसहित एउटै कलेजका ५ जना बेलायत आएका छन् ।

अहिले पाँचै जना आफन्तकहाँ मिलेर बसेका छन्, कोठा भेटिएको छैन । 'तत्काल काम पाउने सम्भावना छैन । कामका लागि सबैतिर अप्लाइ गरेको काम भेटिएको छैन । एक महिनालाई मात्र पुग्ने खर्च छ । काम भएन भने घरबाट मगाउनुपर्छ', उनले पीडा पोखे ।

अनुजकै साथी सुदुरपश्चिम बझाङका २५ वर्षीय मीनबहादुर खड्का नेपालमा बस्ने, पढ्ने वातावरण नभएर बेलायत आएको बताउँछन् । 'तर, यहाँ आएको काम त परै जाओस्, कोठा नै पाइएन', उनले सुनाए, 'काम खोज्न सबैतिर पुगिसक्यौं। हाम्रो त सिभीमा 'रिफ्रेन्स' लेखिदिने मान्छे पनि छैनन् कसरी काम पाउने खोई ?'

काठमाडौँ, माघ १९ गते । सुन्दा पनि आङ जिरिङ्ङ हुन्छ, एक जनाले छ सय जनाभन्दा बढीलाई ठग्यो । सोझासाझा गाउँलेबाट ठगिएको रकम पनि करोडौँ छ । वैदेशिक रोजगारीका नाममा हुँदै आएको ठगीमा यो अर्को चर्को ठगी रहेको पाइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार युरोपका विभिन्न मुलुक तथा क्यानाडामा आकर्षक रोजगारीका लागि पठाइदिने बहानामा यस्तो ठुलो ठगी भएको हो । सोही प्रकरणमा काठमाडौँ–१६, बालाजुस्थित युरो विङ्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक विकास वाइबा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोरखा भीमसेन–२ का सुदीप अम्गाईबाट छ लाख, खोटाङकी तीर्था मुखियालगायतका तीन जनाबाट १५ लाख, बालाजुका शिव कुँवर तीन तीन लाख कन्सल्टेन्सी सञ्चालक तामाङलाई बुझाएका थिए । रकम बुझेका तामाङले क्रोएसिया र क्यानडाको भन्दै भटाभट मोबाइलमा कामदार भिसा पठाउन थालेपछि विदेश उड्ने तर्खरमा रहेका आम्गाई, मुखिया र कुँवरसहित ६०० भन्दा बढी युवालाई पठाइएको भिसा नक्कली रहेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेपछि मात्र यसको रहस्य सतहमा आएको हो ।

युरोप र क्यानडाको सपना देखाएर छ सयभन्दा बढी व्यक्तिको झन्डै ३० करोड रुपियाँ ठगेर फरार सो कन्सल्टेन्सी सञ्चालक विकास वाइबा भनिने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सुजनका सहयोगी भनिएका अर्जुन तामाङलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार क्रोएसिया, माल्टा, क्यानडा, पोल्यान्डलगायतका मुलुकमा पठाउने भन्दै सयौँ व्यक्तिलाई ठगेको आरोपमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ घर भई इमाडोल बस्दै आएका विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरिएको हो ।

तामाङले सञ्चालन गरेको बालाजुस्थित युरो विङ्स एजुकेसन कन्सल्टेन्सीले नक्कली भिसा देखाएर सयौँ व्यक्तिलाई ठगेको भन्दै पक्राउका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध भएपछि प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

वाइबाविरुद्ध हालसम्म विभागमा ७० जनाले तीन करोड रुपियाँभन्दा बढी रकम ठगिएको उजुरी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा तामाङबाट ठगिनेको सङ्ख्या ६१८ जना पुगेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिनुभयो ।

२०७३ देखि वैदेशिक रोजगार कम्पनीका एजेन्ट रहेका सुजन तामाङ २०७७ सालमा ठगी तथा आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएपछि फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०८० वैशाखदेखि परिचय लुकाएर विकास वाइबा भन्ने नक्कली परिचयबाट कन्सल्टेन्सी सञ्चालन गरेका वाइबाले कतिपय सरकारी कर्मचारीलाई समेत युरोप पठाउने भन्दै प्रलोभनमा पारेको पाइएको छ ।

तमाङले क्यानडाका लागि १८ लाख, माल्टाका लागि आठ लाख, पोल्यान्डका लागि सात लाख तथा क्रोएसियाका लागि छ लाख ५० हजार रुपियाँ लिने गरेको अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ ।

बयानमा तामाङले ठगीको रकमबाट चार करोड रुपियाँ ऋण तिरेको, बसुन्धराको राप्ती वैदेशिक रोजगार कम्पनीको सेयर ५० लाखमा किनेको, ३५ लाखमा हुन्डाई कार किनेको, विभिन्न खातामा १५ लाख ५० हजार जम्मा गरेको सहकारीको १५ लाख ऋण तिरेको र पाँच लाखको सुनको सिक्री किनेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

झन्डै तिस करोड रकम ठगेको हुन सक्ने अनुमान गरी प्रहरीले तामाङको बैङ्किङ कारोबारमाथि पनि अनुसन्धान अघि बढाएको जनाएको छ । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको रेग्मीले जानकारी दिनुभयो ।

Published on: 2 February 2024 | Gorkhapatra

Link

Back to list

;