s

चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान

मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना र्याली र सभाको आयोजना गरिएको छ । नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको र्यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो । र्यालीपछि आयोजित सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मानव बेचबिखन नियन्त्रणमा साझा प्रयास हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
 
माइती नेपालद्वारा पश्चिमको महेन्द्रनगर र पूर्वको झापाबाट शनिबारदेखि अभियान शुरु गरिएको हो । ‘हाम्रो आवाजः चेलीबेटी बेचबिखन मुक्त समाज’ नारा रहेको अभियान नेपालगञ्जमा सम्पन्न भई आइतबारै बर्दियाका लागि प्रस्थान गरेको छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार अभियान दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन हुँदै १६ गते हेटौडा पुग्नेछ । त्यसै दिन पूर्वको झापाबाट शुरु भएको अभियान पनि पूर्व क्षेत्रका जिल्लामा जनचेतना जगाउँदै हेटौँडा पुगेपछि संयुक्तरुपमा अभियानको समापन गरिने छ ।
 
Published on: 26 February 2018 | Gorkhapatra

Back to list

;