s

चौथो कोरियाली भाषा परीक्षा सेप्टेम्बरमा

देवेन्द्र सम्बाहाम्फे

कोरिया सरकारले नेपालका लागि चौथो भाषा परीक्षा  सेप्टेम्बर महिनामा  सञ्चालन गर्ने भएको छ । यसका लागि  तीव्र आन्तरिक तयारी  भइरहेको मानव संसाधन विकास संस्था -एचआरडी) स्रोतले जनाएको छ । सबै तयारी पूरा भएपछि  औपचारिक रूपमा सूचना सार्वजनिक गरिने छ । 'सेप्टेम्बरमा  परीक्षा गर्ने तयारी गरिरहेका छौं । नेपालमा बन्द, हडताल बढी हुने भएकाले केही साताको अन्तर हुन सक्छ,'  स्रोतले भन्यो ।
 
एचआरडी कोरियाका सहायक प्रबन्धक किम हो यनले औद्योगिक, कृषि, मत्स्य,कन्स्ट्रक्सनलगायत सबै क्षेत्रका लागि एकैपल्ट  परीक्षा सञ्चालन गरिने बताए । सबै तयारी पूरा भएपछि  चाँडै परीक्षा आवेदन अह्वान गरिने पनि उनले जनाए  ।  चौथो भाषा परीक्षाबाट कति हजार परीक्षार्थीलाई उत्तीर्ण गराउने विषयमा निर्णय भइसकेको छैन । यसै सन्र्दभमा कोरियाका लागि नेपाली राजदूत कमानसिंह  लामाले नेपाली कामदारको कोटा बढाइदिन  सम्बन्धित अधिकारीहरूसँग माग गरेका छन् । 'सरकारी अधिकारीहरूलाई १५ हजारभन्दा  बढी कोटा  दिन आग्रह गरेको छु,' राजदूत लामाले भने, 'यसका लागि कोरियाली सरकारी अधिकारी पनि सकारात्मक छन् ।  कोरियाका साना तथा मझौला उद्योगमा आवश्यक प्रवासी मजदुर नेपाललगायत १५ मुलुकबाट पूर्ति गरिँदै आएको छ ।  यहाँ  भियतनाम, कम्बोडिया पछि नेपाली कामदारको माग अत्यधिक हुने गरेको छ । २०६८ को साउन ६ र ७ गते लिइएको तेस्रो  भाषा परीक्षा उत्तीण्र्ा गरेका १५ हजार ६ सय ७८ मध्ये हालसम्म  ७ हजार २ सय ४८ जनाको श्रम सम्झौता भइसकेको छ ।  बाँकी रहेका  ७ हजार ५ सयलाई जुन महिनासम्ममा कोरिया भित्र्याइसक्ने यहाँस्थित नेपाली दूतावासले प्रयास  गरिरहेको छ  । 'बाँकी रहेका सबैलाई ल्याउन  पहल गरिरहेका छौं,'  दूतावासका एक अधिकारीले भने, 'रोजगारदाता पनि सकारात्मक छन् ।'  
 
एकपल्ट भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षाथ्र्ाीहरू रोजगारका लागि दुई वर्षसम्म योग्य  हुने भएकाले जुन महिनासम्ममा  श्रम सम्झौता नभएका उम्मेदवारहरूको नाम  रोस्टरबाट स्वतः हट्ने छ । रोस्टरमा नाम भएका तर श्रम सम्झौतामा नभएका केही उम्मेदवारहरू दोस्रो चरणको कोटामा  पर्न सक्ने छन् ।  दोस्रो चरणको कोटा  अपि्रलबाट वितरण हुँदै छ । तेस्रो भाषा परीक्षामा ५७ हजारले आवेदन फाराम भरेका थिए । कम  लागतमा  न्यूनतम ८० हजार रुपैयाँ पारिश्रमिक पाइने भएकाले कोरिया रोजगारीको लागि नेपाली युवायुवतीको आकर्षक रोजगार गन्तव्य बन्दै गएको छ  । 
 
दोस्रो चरणको कोटा अपि्रलबाट 
कोरिया सरकारले यो वर्षका लागि छुट्याएको दोस्रो चरणको कोटा अपि्रल महिनाबाट वितरण हुने भएको छ । पहिलो चरणको १७ हजार ६ सय ५० कोटा  केही हप्ताअघि  समाप्त भएको थियो ।  
 
दोस्रो चरणमा वितरण हुने कोटा १३ हजार ३ सय ५० कोटा छुट्याइएको छ । यो चरणमा औद्योगिक उत्पादन क्षेत्रमा ११ हजार ३ सय कृषि क्षेत्रमा १४ सय र मत्स्यपालन क्षेत्रका लागि ६ सय ५० कोटा निर्धारण गरिएको छ । २०१२ का लागि छुट्याइएको कोटा सेप्टेम्बर पहिलो सातामा समाप्त भएपछि २०१३ का लागि भन्दै कोरिया सरकारले सेप्टेम्बर दोस्रो सतामा ६२ हजार  कोटा स्वीकृत गरेको थियो । 
साना तथा मझौला उद्योगहरूमा प्रवासी कामदारको माग तीव्र भएकाले उक्त कोटाबाट २०१२ मै ६ हजार कोटा वितरण गरिसकिएको थियो । बाँकी रहेको ४६ हजार कोटा निर्धारण समितिले गत जनवरीमा चार चरणमा प्रदान गर्ने गरी विभाजन गरेको हो । जसअनुसार तेस्रो चरणको जुलाईबाट वितरण हुने छ । यस चरणमा औद्योगिक उत्पादन क्षेत्रका लागि मात्र ७ हजार ५ सय कोटा रहेको छ भने अन्तिम चरणको कोटा अक्टोबरबाट वितरण हुने यहाँको रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ ।
 
Published on: 27 March 2013 | Kantipur
 

Back to list

;