s

चौकीदारको तलब एक पाथी अन्न

काँडा ४ का ६० वर्षीय कमलबहादुर बुढा ४० वर्षदेखि खानेपानीको चौकीदार छन् ।उनकै छिमेकी ५४ वर्षीय सूर्यबहादुर विक ठूलीपोखरी सामुदायिक वनका चौकीदारहुन् । उनीहरूको काम फरक-फरक छ । खानेपानी र वनको काममा दिनभर व्यस्त हुनेउनीहरूको आम्दानी र पारिश्रमिक भने समान छ । पारिश्रमिकका रूपमा उनीहरूलेप्रतिघरधुरीबाट वाषिर्क एक पाथी अन्न लिने गरेका छन् ।

काँडा गाविसका तीन वडामा खानेपानी सुविधा पुर्या उने कामको सहजीकरण गर्छन्बुढा । पालोअनुसार खानेपानी लाइन मिलाउने, टयांकीमा पानी भर्ने र मर्मतगर्नमा उनी व्यस्त हुन्छन् । उनले रुटिनअनुसार बिहान र साँझ पाँच-पाँचघन्टा धारामा पानी पठाउने काम गर्नुपर्छ । करिब दुई सयभन्दा बढी घरउपभोक्ता रहेको यसमा एक दिन मात्रै पानी बन्द भए पनि हाहाकार मच्चिन्छ ।त्यसैले उनी सधैं तयारी अवस्थामा रहन्छन् ।

उनका बाबु शुरवीरले पनि यही काममा लामो समय बिताए । बाबुको मृत्युपछिकमलले सम्हाले । 'वर्षभरि काम गरेको एक घरबाट एक पाथी अन्न लिन्छु,' उनीभन्छन्, 'जीविकोपार्जनमा समस्या भए पनि पुख्र्यौली व्यवसाय भएकालेनिरन्तरता दिएको मात्र हुँ ।'

सूर्यबहादुरको जिम्मेवारी पनि कम महत्त्वको छैन । करिब पाँच सय हेक्टरमाफैलिएको वनमा कसैले दाउरा, घाँस गर्योन भने उनैले गाली खानुपर्छ । यही भएरबिहान र बेलुका तीन-तीन घन्टा वन क्षेत्रमा उनी घुम्छन्, अनधिकृत रूपमाकोही वन पसे उपभोक्ता समितिमा जिम्मा लगाई कारबाही गराउँछन् । 'पहिलेदेखिनै यही ज्यालामा काम गरें,' उनले भने, 'त्यसैले पेसा छाड्न सकिएन ।' उनलेदैनिक ६ घन्टा वनको काममा समय दिने गरेका छन् । अरू समयमा घरमै खेतीपातीगर्ने गरेको उनले बताए । दुवै चौकीदारले वाषिर्क करिब एक सय ५० पाथी अन्नज्यालाबापत लिने गरेको जनाए ।

उनीहरू मात्र होइन, यहाँका दुर्गम बस्तीमा ज्यालामा अन्न लिएर विभिन्नचौकीदारी पेसा अपनाउने धेरै भेटिन्छन् । जिल्लामा यसबारे कुनै तथ्यांक नभएपनि एउटा गाविसमा दुई जनासम्म चौकीदार अन्न ज्यालामा काम गर्ने गरेकोनागरिक अगुवा गोविन्द केसीले बताए ।

उनले सदरमुकाम आसपासका व्यापारिक केन्द्रमा यो चलन हराउँदै गए पनि ग्रामीणक्षेत्रमा कायमै रहेको जनाए । खानेपानी, वन, सिँचाइ आयोजना, पुललगायतआयोजनामा स्थानीयवासीले रकम तथा अन्न संकलन गरी चौकीदार राख्ने गरेकोशिक्षक कमल केसीले बताए ।


Published on: 15 January 2015 | Kantipur

Back to list

;