s

चौबीस युवाको उद्धार

काठमाडौँ, फागुन १३ गते । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर अलपत्र परेका २४ जना युवालाई स्वदेश फर्काइएको छ । चार महिनादेखि साउदी अरबको रियादमा अलपत्र परेका ती युवालाई साउदी अरबमा रहेको नेपाली दूतावास र साउदी गैरआवसीय नेपाली सङ्घ (एनआरएन)को पहलमा स्वदेश फर्काएको हो ।

काठमाडौँमा रहेको पिजन एचआर सोलुसन नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीबाट २०७८ मा साउदी अरब पुगेका ती युवा चार महिनादेखि रियादमा अलपत्र परेका थिए । साउदी अरबको दुरत अलनखिल होटलमा क्लिनर र वेटरका रूपमा काम गर्न पुगेका ती युवा सम्झौताअनुसार काम र सेवासुविधा नपाएपछि उद्धारका लागि नेपाली दूतावासमा आग्रह गरेका थिए ।

स्वदेश फर्किनेमा चितवनका सुरज जीसी, दाङका प्रमोद चौधरी, पाल्पाका जितबहादुर सार्की, रुपन्देहीका प्रदीप पोखरेल, लमजुङका मिलन रानामगर, सिन्धुपाल्चोकका सोनाम गोले र राजेश सुवेदी, चितवनका प्रकाश गुरुङ, प्युठानका रुमबहादुर घर्तीमगर, मकवानपुरका शम्भु घिसिङ तथा गुल्मीका सुरज नेपाली हुनुहुन्छ ।

त्यस्तै अर्घाखाँचीका सन्दीप श्रेष्ठ, गुल्मीका अर्जुन क्षेत्री, अर्घाखाँचीका राजकुमार श्रेष्ठ, रोल्पाका निरन घर्तीमगर, पाल्पाका शेरबहादुर थापा, बर्दियाका जोगेन्द्र नगरकोटी, दाङका दिनेश चौधरी र सुशील पुनमगर, झापाका बालकृष्ण रिजाल, रुपन्देहीका बलबहादुर खत्री, कास्कीका राजन दर्लामीमगर, पाल्पाका विष्णु नेपाली र पर्वतका रमेश सुनार स्वदेश फर्किनुभएको हो ।

Published on: 27 February 2023 | Gorkhapatra

Link

Back to list

;