s

चार लाख नेपाली तत्काल स्वदेश फर्किने सरकारको अनुमान

रोजगारी तथा अन्य कारणले विदेशमा रहेका ४ लाख नेपाली तत्काल स्वदेश फर्कनसक्ने सरकारले अनुमान गरेको छ। श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्रालयले वैदेशिक रोजगारी तथा भ्रमणमा रहेका नेपालीहरु तत्काल स्वदेश फर्किनसक्ने अनुमान गरेको हो।

सरकारले तत्काल नेपाल फर्किन चाहनेहरुलाई ल्याउनका लागि तयारी अघि बढीसकेको मन्त्रालयले जानकारी दिएको छ। संसको अन्तर्राष्ट्रिय सम्बन्धन समितिमा मन्त्रालयले पेस गरेको प्रतिवेदनमा मलेसिया, कतार,साउदी अरब,युएइ, कुवेत,वहराइन र ओमनबाट कूल ४ लाख ७ हजार नेपाली फर्कनसक्ने अनुमान गरिएको छ।

भिसाको म्याद सकिएका, यसअघि अवैध रुपमा बसेका र अहिले आममाफी पाएका तथा कोरोनाका कारण रोजगारी गुमाएका नेपालीहरु तत्काल फर्किन चाहेको र सरकारले प्राथमिकता पनि उनीहरुलाई नै भएको मन्त्रालयले जानकारी गराएको छ।

यसमध्ये २ लाख ८० हजार रोजगारी गुमाएर तत्काल फर्किने अवस्थामा छन्।

सरकारले विदेशबाट फर्किन चाहने नेपालीहरुका लागि उद्दार संयन्त्र बनाएको छ। यसमा स्वदेश फिर्ता व्यवस्थापन समिति बनाउने र त्यसबाट उद्दारका काम गर्ने तयारी गरेको छ। श्रम,परराष्ट्र, गृह, पर्यटन,स्वास्थ्य, संघीय मामिला मन्त्रालय तथा अन्य विभागहरुको सहभागितामा त्यस्तो समिति बन्ने छ।

त्यो समितिले नेपालीहरु भएका मुलुकमा भएका नेपाली नियोगसँग सम्पर्क तथा समुन्वय गर्ने, नियमित सूचना प्रवाह गर्ने, स्वदेश फिर्ता ल्याउने देशहरुको छनौट गर्ने, ल्याउने श्रमिकको मापदण्ड बनाउने, उद्दारमा सहजीकरण गर्ने, नेपालमा क्यारिन्टनको व्यवस्था गर्ने, फर्किनेहरुलाई नेपालमा व्यवस्थापन गर्नका लागि रणनीति बनाउने काम गर्ने प्रस्ताव गरिएको छ।

Published on: 6 May 2020 | Setopati

Link

Back to list

;