s

चार वर्षपछि छुटे टीकाराम

साउदी अरबको जिजान जेलमा थुनिएका चितवनका टीकाराम सापकोटा निर्दोष सावित भई बुधबार छुटेका छन् । सापकोटा चार वर्षअघि खैरेनी–१३, चितवनका सोमप्रसाद सिलवालको हत्या अभियोगमा पक्राउ परेका थिए । जेद्दास्थित महावाणिज्यदूतको कार्यालयले कानुनी प्रतिरक्षा गरी सापकोटालाई छुटाएको हो ।
 
तल्लो अदालतले उनलाई डेढ वर्षअघि नै निर्दोष प्रमाणित गरेको भए पनि जेलबाट निस्कन पाएका थिएनन् । कानुनी प्रक्रिया लम्बिएकाले रिहा हुन समय लागेको कार्यवाहक महावाणिज्यदूत रेवती पौडेलले बताए । सापकोटालाई प्रहरीले कम्पनीको जिम्मा लगाएर पठाएको छ । उनले साउदीमा काम गर्न पाउने पौडेलले बताए ।
 
‘लामो समय तनावमा रहेकाले दुई/तीन दिनभित्र नेपाल पठाउने योजना छ,’ उनले भने । अदालतले सिलवाल हत्या प्रकरणमा प्यूठानका सफी उल्लाहलाई दोषी ठहर गर्दै सापकोटा निर्दोष भएको फैसला सुनाएको थियो ।
 
Published on: 2 August 2018 | Kantipur

Back to list

;