s

चाँगुनारायणमा लकडाउन अवधिभर मजदुरलाई सातामा दुई दिन काम

लीला श्रेष्ठ

भक्तपुर — खोटाङकी शान्ता राईको ६ जनाको परिवारले ज्यामी कामबाट गुजारा चलाउादै आएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गर्‍यो । 

डेढ महिनादेखि शान्ताको परिवार रोजगारबिहीन बनेका छन् । ‘दिनभरको कमाईले सााझ–बिहान हातमुख जोड्ने हो,’ उनले भनिन्, ‘लकडाउनयता कामबिहीन भएका छौं ।’

घर बनाउने ठाउामा इाटा, बालुवा, गिट्टी बोक्ने, मसला बनाउने काम रोकिएपछि सााझ–बिहान हातमुख जोड्न समस्या परेको उनी बताउाछिन् । ‘छोराछोरी, श्रीमान सबै ज्यामी काम गर्थ्यौं, सबैजना कामबिहीन भयौं,’ उनले भनिन्, ‘लकडाउन थपिादै जाादा, रोगको भन्दा भोकको चिन्ताले सताएको छ ।’

बुधबार चाागुनारायण नगरपालिका–८ सुडाल जितपुरस्थित सडक किनारको नाली सफा गर्दै गरेकी शान्ताले भनिन्, ‘जुनसुकै विपद् आए पनि ज्याला मजदुरी गर्नेकै बिजोक हुादोरैछ । ‘अब त पैसा सिद्धियो । खानेकुरा पनि रित्तियो,’ उनले भनिन् । डेढ महिना सर–सापट गरेरै धानेको उनले बताइन् । राहतको लागि चाागुनारायण नगरपालिका पुगेकी शान्ताले अब भने लकडाउन अवधिभर सातामा २ दिन काम पाउने भएकी छन् ।

शान्ताको जस्तै, रामेछाप सााघुटारकी उषा खड्काको अवस्था पनि उस्तै छ । पतिपत्नी नै दैनिक ज्याला मजदुरी गरेर परिवार धान्दै आएका उनीहरुको आयस्रोत ज्यामी काम मात्रै हो । डेढ महिनादेखि काम ठप्प छ । लकडाउन अघिको कमाई पनि सिद्धियो । ‘दैनिक ज्याला मजदुरी गरेर बचाएको कमाई पनि बसेर खाईसकियो,’ उनले भनिन्, ‘एक्कासी लकडाउन सुरु भयो । साता दिन त हो नि भनेर घर पनि गएनौं । अहिले यो अवस्था भयो ।’ लकडाउन थपिादै जाादा दैनिक ज्याला गरेर जीवन धान्दै आएका डेरावाला भोकै बस्नु पर्ने अवस्था आएको उनले बताइन् ।

कामबिहीन भएपछि राहतका लागि पुगेकी उषालाई नगरपालिकाले नाली सफा गर्ने काम दिएको छ । उक्त काम बापत उनले दैनिक ८ सय १० रुपैयाा पारिश्रमिक पाउाछिन् । ‘सातामा २ दिन मात्र काम पाए पनि केही राहत मिल्छ,’ उनले भनिन् ।

चाागुनारायण नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने मजदुरलाई लक्षित गरेर ‘खाद्यन्नका लागि रोजगार’ कार्यक्रम सुरु गरेको छ । रोजगारबिहीन परिवारले राहत माग गरेपछि प्रतिपरिवार १ जनालाई सातामा दुई दिन रोजगारको कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउनु पर्ने व्यक्तिहरुलाई नगरको ९ वटै वडा कार्यालयमार्फत् पहिलो चरणको राहत वितरण गरेको नगरपालिकाले जनाएको छ । वैशाख १५ को नगरकार्यपालिका बैठकले खाद्यन्न अभाव भएका मजदुरलाई लक्ष्यित गरेर खाद्यन्नका लागि रोजगार कार्यक्रम सुरु गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

राहतका लागि नाम टिपाएकामध्ये एक परिवारका एक जनालाई २ दिनको लागि सामाजिक दुरी कायम गरी काम उपलब्ध गराउादै आएको नगरपालिकाले जनाएको छ । वडाभित्रका सडक किनारको नाली सफाई, खानेपानी मर्मत र वन क्षेत्रमा तथा अन्य सार्वजनिक काम गर्न इच्छुक व्यक्तिहरुलाई काम लगाउन सुरु भएको चाागुनारायण–८ वडाका वडाध्यक्ष परासर सापकोटाले बताए । चाागुनारायण नगरभित्र ३ हजार भन्दाबढीले ज्याला मजदुरीका लागि आवेदन दिएको जनाएको छ ।

Published on: 6 May 2020 | Kantipur

Link

Back to list

;