s

चार तलामाथिबाट खसेर मजदुरको मृत्यु

बिर्तामोड, जेठ ४ गते । घर निर्माणका क्रममा चार तले घरमाथिबाट खसेर बिर्तामोडमा एकजना मजदुरको मृत्यु भएको छ । बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्नेक्रममा चार तलामाथिबाट खसेर शुक्रवार दिउँसो १२.५० बजे भारत बोतलवारी घर भएका २० वर्षीय चामाल हक गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको थियो । मृतकका आफन्त आज बिहान मात्र आइपुगेकाले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराई शुक्रवार दिउँसो मृतकका बुवालाई शव जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताउनुभयो ।

Published on: 20 May 2024 | Gorkhapatra

Link

Back to list

;