s

सिबिटी परीक्षा आजबाट

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) शुक्रबारदेखि सुरु हुँदै छ ।

परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । दोस्रो चरणको भाषा परीक्षामा करिब तीन हजार २०० परीक्षार्थी सहभागी हुँदैछन् । कम्प्युटरबाट परीक्षा लिइने भएकाले परीक्षा करिब एक महिनासम्म चल्नेछ ।

दक्षिण कोरिया सरकारले इपिएसअन्तर्गत काम गरी वैधानिक तवरले फर्केका व्यक्तिका लागि पुनः कोरियामा काम गर्ने अवसर प्रदान गर्न सिबिटी परीक्षा सञ्चालन गर्दै आएको छ । कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा पास गरेपछि पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त हुने शाखाले जनाएको छ ।

सन् २०१८ भाषा परीक्षा उतीर्ण भई स्वास्थ्य परीक्षण सम्पन्न गराएका उम्मेदवारले शुक्रबारदेखि रोजगार आवदेन फारम भर्ने कार्य सुरु हुने शाखाले जनाएको छ ।

Published on: 24 August 2018 | Nayapatrika

Back to list

;