s

क्यानडा रोजगारीमा ठगी : चार भारतीय पक्राउ

काठमाडौँ : क्यानडा रोजगारीका नाममा ठगी गर्ने चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

विभागले मंगलबार टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा छापा मार्ने क्रममा ठगी गर्ने चार जना भारतीयलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक कुमार दाहालले बताए ।

विभागले उक्त मुद्वा वैदेशिक रोजगार न्यायाधिकरणमा पेश गरेको छ । अनुसन्धानका क्रममा उनीहरुलाई सघाउने चार अन्य चार जना पनि तानिएका छन् । उनीहरुलाई पनि पक्राउ गर्ने विभागको तयारी छ ।
म्यानपावरको माथिल्लो तलामा दर्ता नै नगरी खोलिएकोे ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालिमार्फत क्यानडा पठाउने गरेको अनुसन्धानका क्रममा भेटिएको दाहालले बताए ।

अनुसन्धानका क्रममा क्यानडा पठाइदिने भन्दै ठगी गरेका प्रमाणहरु भेटिएका छन् । उनीहरुले प्रतिव्यक्ति ५ हजार भारतीय रुपैयाँ उठाएउने गरेका थिए । माग आएपछि ४ लाख रुपैयाँ लिन गरिएका कागजात अनुगमन टोलीले फेला पारेको छ ।

विभागको अनुसन्धान टोलीले ल्यापटप २ थान, बिलप्याड २ थान, एमओयू पाना ५ थान, ट्रिपल स्टारको मार्केटिङ बुक १ थान, ठूलो बिलप्याड १ थान, कपिहरु १० थान बरामद गरेको छ ।

त्यस्तै क्यानडाको अफर अफ इम्पोलायमेन्ट २ थान, राहदानीका फोटोकपी सहितको बायोडाटा र कागजात ६ थान, सम्झौता पत्र १ थान, सर्टिफिकेट अफ रजिष्ट्रेसन ६ थान र प्लाष्टिकको फाइल १ थान बराबद गरिएको विभागले जनाएको छ ।

फेसबुक र ह्वाट्सएप प्रयोग गरि ठगी गर्ने र नक्कली कम्पनी खडा गरि रकम असुल्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

Published on: 4 February 2021 | Annapurna Post

Link

Back to list

;