s

क्यानडा र बेलायत पठाइदिन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : क्यानडा र बेलायत पठाइन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाका ३८ वर्षीय वकिलबहादुर आले र तनहुँका ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।

आलेले बेरोजगार नेपालीलाई आकर्षक तलबको प्रलोभन देखाएर ३६ लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ। उनले प्रतिव्यक्ति १७ लाख खर्च लाग्ने र मासिक १ लाख ८० हजार तलब पाउने प्रलोभन देखाएका थिए। आलेविरुद्ध ६ जनाले जाहेरी दिएपछि प्रहरीले गोरखाबाट पक्राउ गरेको थियो।

त्यस्तै श्रेष्ठले बेलायत पठाइदिन्छु भन्दै २ जनासँग ९ लाख ५० हजार ठगी गरेका थिए। श्रेष्ठले पनि आकर्षक तलबको प्रलोभन देखाएर पैसा लिई फरार बनेका थिए। उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

Published on: 9 May 2024 | Annapurna Post

Link

Back to list

;