s

क्यानाडा पठाइदिन्छु भन्दै ९० लाख ठग्ने पक्राउ

पोखरा : क्यानडा लगायत विकसित देश पठाइदिन्छु भनेर दर्जनौंसँग गरी ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर ३० सिसुवा बस्ने वर्ष ३८ का धीरजकुमार विश्वकर्मा पक्राउ परेका हुन् ।

खाडी मुलुक बसेर आएका उनले आफू पहिल्यैदेखि विदेश बसेको र अरुलाई पनि पठाउन सक्ने भन्दै पैसा असुल गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार धीरजले ३३ जनाबाट ९० लाख रुपैयाँ ठगी गरेका हुन् ।

विश्वकर्माले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका व्यक्तिहरुबाट पैसा उठाएका थिए  । उनीविरुद्ध १२ माघमा कास्की प्रहरीमा उजुरी परेको थियो । थुप्रै जनासँग उनले पासपोर्ट पनि लिएका थिए । भिसा लिन दिल्ली जानुपर्ने भन्दै आश्वस्त पार्दै आएका थिए । उजुरी परेको भोलिपल्ट अर्थात १३ माघमा प्रहरीले विश्वकर्मालाई पक्रन सकेको थियो ।

Published on: 29 January 2021 | Annapurna Post

Link

Back to list

;