s

क्याम्पबाट निकालिएका ४० कामदार प्रहरी जिम्मामा

महिनौंदेखि तलब नदिई घर जानसमेत वञ्चित गरिएका ४० जना नेपाली कामदारलाई दूतावासले स्थानीय प्रहरीको जिम्मा लगाएको छ । निर्माणमा कामदार उपलब्ध गराउने इन्टि्रग्रेल कम्पनीले 'गैरकानुनी' हैसियत बनाइदिएका उनीहरूलाई क्याम्पमा खाना बस्नसमेत नदिई निकालिदिएपछि प्रहरीले जिम्मा लिएको हो । प्रहरीले उनीहरूलाई घर पठाउन कम्पनीको व्यवस्थापनलाई डिसेम्बर १० तारिखसम्मको समय दिएको छ । कम्पनीले तलबसमेत नदिएपछि पीडितले श्रम अदालतमा मुद्दा दिएका थिए । मुद्दा लडेपछि कम्पनीले क्याम्पबाट निकालिदिएकाले उनीहरू नेपाली दूतावासको शरणमा पुगेका थिए । दूतावासले यति धेरै नेपालीलाई राख्न नसक्ने भएकाले प्रहरीको जिम्मा लगाएको हो । त्यस कम्पनीका बाँकी १५ जना भने अर्को क्याम्पमा छन् । 'बन्दोबस्तीको सामान लिएर दूतावास आइपुगे,' राजदूत मायाकुमारी शर्माले भनिन्, 'उनीहरूलाई तलब दिलाएर घर पठाउन प्रहरीको जिम्मा लगाएको हौं ।'

Published on: 9 December 2012 | Kantipur

Back to list

;