s

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाँदा राजश्व बाहेक शुल्क नबुझाउनूः मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरूले सरकारी राजश्व बाहेक अन्य कुनै पनि संस्थालाई शुल्क नबुझाउन आग्रह गरेको छ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेलाई कसैले भ्रम वा दवावमा पारी गैरकानुनी रकम माग गरेको अवस्थामा सरकारलाई जानकारी गराउन समेत मन्त्रालयले आग्रह गरेको छ।

कसैले विभिन्न प्रलोभन देखाइ ठगी गरेको पाइए कानुन अनुसार कारबाही प्रकृया अगाडि बढाइने उल्लेख गरिएको छ।
मन्त्रालयमा ठगीका उजुरीहरू पनि बढिरहेकाले यसमा सचेत हुन पनि मन्त्रालयले अपिल गरेको छ।

Published on: 6 February 2023 | Setopati

Link

Back to list

;