s

बुटवलमा रोजगार मेला हुँदै

बुटवल, जेठ ४ गते । बुटवलमा यही जेठ ९ र १० गते जब फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।

बुटवल उद्योग वाणिज्य सङ्घका कार्यक्रम अधिकृत मेलाका फोकल पर्सन केशव ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आई.एल.ओ.) को सहयोगमा दुई दिने रोजगार मेलामा ३० बढी उद्योग प्रतिष्ठानको सहभागिता हुने बताउनु भयो ।

गरिने नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरूको सीप अभिवृद्धि परियोजनाअन्तर्गत स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरू एवम् रोजगारदाता सम्पर्क गरी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले रोजगारदाताहरू समेतको सहभागितामा मेला सञ्चालन जानकारी दिनुभयो ।

स्थानीय उद्योग व्यवसायको लागि आवश्यक दक्ष श्रमिकको आपूर्तिका साथै उपयुक्त सीपयुक्त जनशक्ति प्राप्तिमा सहयोगी हुने र रोजगार योग्य जनशक्तिलाई सीप अनुसारको रोजगार प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि रुपन्देहीको तिलोत्तमा रोजगार मेला आयोजना भएको थियो ।

Published on: 19 May 2023 | Gorkhapatra

Link

Back to list

;