s

बुटवलमा रोजगार मेला

बुटवल — बजारको मागअनुसार जनशक्ति आपूर्ति गर्न भन्दै बुटवलमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि मेला सुरु भएको हो । दुई दिने मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता छ ।

मेला उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनु पर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए । उनले कामका लागि बाहिर जाने प्रवृत्ति रोक्न र उद्योगी व्यवसायीले बाहिरबाट कामदार ल्याउनु पर्ने बाध्यता अन्त्य गर्न समन्वय आवश्यक रहेकोमा जोड दिए ।

उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले यहाँका उद्योगमा बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहींबाट पूर्ति गर्न सकियो भने उद्योगी/ व्यवसायीलाई पनि सहज हुने बताए ।

Published on: 24 May 2023 | Kantipur

Link

Back to list

;