s

ब्राजिल पठाउने भनेर ठगी, एक जना पक्राउ

ब्राजिलमा काम लगाइदिन्छु भनेर  ठगी गगरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको डाँडाखाली घर भई हाल पेप्सीकोला बस्ने ४४ वर्षका सागर भन्ने लिलबहादुर मल्ललाई पक्राउ गरेको हो । उनले ब्राजिलमा ७० देखि ९० हजार तलब पाइने र ग्रिनकार्ड पाएपछि परिवार पनि लैजान पाइन्छ भनेर ६ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ ।
 
ब्राजिलको भिसा लगाइदिने भनेर कोलम्बियाको जाली भिसा बनाई भारतमा ४ दिनसम्म पारेको आरोपमा उनलाई गत शुक्रबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जानकारी दिएको छ । प्रहरीले उनीविरुद्ध मानब बेचबिखन तथा ओसार पसारको अपराधमा अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद लिएको छ ।
 
Published on: 22 July 2018 | Onlinekhabar

Back to list

;